बहराईनमा किरात याक्थुङ चुम्लुङले चौंथो महाधिवेशन गर्‍यो

Read Time:4 Minute, 50 Second

 राज्यसत्ता ब्यूरो

  मानमा, मे २२ – बहराईन मे २२ समाजिक अवधणा बोकी स्थापित विशुद्ध जातिय संगठन याक्थुङ (लिम्बू) जातिय संस्था किराँत याक्थुङ चुम्लुङ बहराइनले २० मे २०१६ शुक्रवारका दिन सेवारो नेपाली रेष्टुरेन्टको सभाकक्षमा नेपाल आदिवासी जनजाति महासंघ बहराइनका अर्थसचिव रेशम पुर्जा मगरको प्रमुख आतिथ्यमा संस्थाका अध्यक्ष तोयानाथ सम्बाहाम्फेको सभापतित्वमा भित्ते पात्रको विमोचन गर्दै चौँथो महादिवेशन सम्पन्न गरेको छ ।

महासचिव डिल्ली तुम्साले प्रगति प्रतिवेदन विवरण प्रस्तुत गरेका थिए कोषाध्यक्ष उमा चेम्जोङ घर विदामा रहेकोले आर्थिक प्रतिवेदन भने अध्यक्ष तोयानाथ सम्बाहाम्फेले प्रस्तुत गर्नु भएको हो । अध्यक्ष तोयानाथ सम्बाहाम्फेले आफ्नो कार्यसमितिहरुको विघटन भएको घोषणा पश्चात । शून्य समय राख्दै निर्बाचन आयोगका पूर्ण जिम्मा पाएका प्रमुख सल्लाहकार देबेन ईजम लिम्बू र सल्लाहकार प्रह्लाद लिङ्देन लिम्बूको टोलीले अध्यक्ष पदमा बिरेन्द्र तुम्बापो लिम्बूलाई सर्वसहमति द्वारा चयन भएको नेपाल आदिवासीजनजाति महासंघका महासचि समेत रहेका निर्बाचन आयोगका लिङ्देनले ११ सदस्सिय कार्य-समिति गठनको घोषणा सार्वजनिक गरेको हो ।

भाषा, लिपि हराए संस्कार-संस्कृति हराउँछ, संस्कार-संस्कृति हराए धर्म हराउँछ र धर्म हराए आफ्नो अस्तित्व हराउँछ भन्ने अभियानका साथ आफ्नो समुदाय ९ओझेलमा पर्ने० सम्भावना दिनानु दिन बढ्दै गएकोले विश्वभरि छरिएर रहेका सम्पूर्ण याक्थुङ (लिम्बू) जातिहरुको एकता नै अहिलेको आवश्यकता भन्ने अभिप्रायले बहराईनमा २००५ स्थापित भएको हो भन्दै सस्थाका प्रमुख सल्लाहकार देबेन ईजम, सल्लाहकार झहरमान थेबे र साहित्यिक बिभाग प्रमुख प्रदिप केरुङले संस्थाको संगठन विस्तार भावि रणनीतिका लागि आवश्यक सल्लाह सुझाव मन्तब्यको क्रमामा आफ्नो धारणा सम्बोधनमा राखेका थिए ।

प्रमुख सल्लाहकार देबेन ईजमले नव-निर्वाचित अध्यक्षलाई सपथ ग्रहण गराए पश्चात अध्यक्षले अन्य सम्पूर्ण पदाधिकारीहरुलाई क्रमशस् सपथ ग्रहण गराएका हुन् ।

बहराइनमा स्थापित किरात याक्थुङ चुम्लुङले विभिन्न जातिय, क्षेत्रीय वर्गीय संघ संस्था संगठन सँग समन्वय र सहकार्य गर्दै नेपालीहरूमा आकश्मिक पर्न सक्ने विविध समस्याको समाधानका लागि आर्थिक, भौतिक, नैतिक समाजिक सह्योग निरन्तरता रहेकोले संस्थाको विधान अनुसार आवश्यकता अनुसार उप(समिति तथा पदपूर्ति थप गर्दै लैजाने बताइएका छन् ।

नवनिर्वाचित पदेन सदस्यहरूको नामावली
अध्यक्ष – बिरेन्द्र कुमार तुम्बापो लिम्बू 
वरिष्ठ उपाध्यक्ष – झहरमान थेबे लिम्बू 
उपाध्यक्ष – गंगा वनेम लिम्बू 
उपाध्यक्ष – छत्र कुमार संयोक्पा लिम्बू 
उपाध्यक्ष – प्रदिप केरुङ लिम्बू 
महा-सचिब – डिल्ली तुम्सा लिम्बू 
सचिब – सोमराज कन्दङ्वा लिम्बू 
सह-सचिव – बिक्रम मादेन लिम्बू
कोषाध्यक्ष – कृष्ण लिम्बू  
सह-कोषाध्यक्ष – मिन बहादुर लिम्बू 
कोष-सचिव – अमृता नाल्बो लिम्बू
उपाध्यक्ष बिरेन्द्र तुम्बापो लिम्बूको स्वागत तथा महासचिव डिल्ली तुम्साको सञ्चालनमा कार्यक्रम संपन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %