बुद्धलाई दूत नभनौ उनी शान्तिका अग्रनायक हुन -भिक्क्षु तिलोक

Read Time:11 Minute, 9 Second

लन्डनमा मगर संघ युकेको २५६०ौ बुद्ध जयन्ती समारोह भव्यताका साथ सम्पन्न 

राज्यसत्ता 

२१ मे २०१६ ,साउथ ह्यारो ,लन्डन

संसार भर २५६० औ बुद्ध जयन्ती समारोह धुम धामका साथ मनाइ रहदा मगर संघ बेलायत र मगर बुद्धिस्ट सोसाइटि यु केको संयुक्त आयोजनामा यु केबासी मगर र अन्य नेपालीहरुले नेपालबाट आमन्त्रित गरिएका श्रद्य भिक्षु तिलोक(ओम राना मगर )को प्रमुख आतिथ्य र लुम्बिनी बुद्ध विहारका श्रद्य भन्ते ईन्द्रशकको बिशेष उपस्थितिमा २५६० औ बुद्ध जयन्ती भव्यताका साथ सु सम्पन्न गरेका छन ।


उक्त कार्यक्रममा प्रमुख अतिथी श्रद्य भिक्षु तिलोकले बुद्ध कसैको दुत वा सन्देश वाहक होइनन  उनले  जुन बोधीसत्वो प्राप्त गरी अरहन्त(ईन लाइटमेन्ट-Enlightenment ) भए, त्यो ज्ञान प्राप्त गर्ने उनी पहिला व्यक्ती भएको र त्यही ज्ञान उनले बाडेको नकी उनी कसैको म्यासेन्जर भएर ज्ञान बाद्दै हिंडेको ,उनका म्यासेन्जर, दुत वा सन्देश वहाँक भनेका भिक्षु ,श्रामनेर आदी हुन जसले बुद्ध ज्ञान संसार भर बाड्न हिंडेका छन त्यसकारण बुद्धलाई शान्तिका दूत  होइन शान्तिका अग्रनायक ,मुक्तिका पथ प्रदशक भन्नु पर्ने अवगत गराए ।


उनले अहिले चलेको बिबाद वा हल्ला बुद्ध नेपालमा जन्मेको वा भारतमा जन्मेको बारे भ्रम फैलाउने काम भई रहेको बारे प्रस्त पार्दै भने बुद्ध जन्मेको लुम्बिनी बारे बिबाद नरहेको सबै एक मत छन तर जहाँ बुद्ध हुर्के बढे त्यो ठाउँ कपिल वस्तुको तिलौराकोट चाँही विवादमा तानिएको जानकारी दिए त्यो यसकारण पनि कि कपिलवस्तु  त्यो समय मा  भारत नेपाल भन्ने देशको अस्तित्त्वो नहुँदा ठुलो क्षेत्रफल ओगटेको ठाउँ हुनु पर्दछ जुन पछी अहिलेको नेपाल र केही भुभाग भारतमा पनि छ तर जहाँ सिदार्थ गौतमको लागि ॠतु अनुसारको राजमहल रम्य ,सुरम्य र शुभ नाउका महल बनाएको थियो त्यो हालको नेपालको कपिलवस्तुमा पर्दछ । भारतको कपिलवस्तुमा पनि उत्खनन गरी हेर्दा केही अवशेष पाइएपनी त्यो कुनै विहार वा श्रावक संघ हुनु पर्ने जनाए ।नेपालको कपिल वस्तु नै बुद्धको राजदरबार हुनु पर्ने तथ्य बारे प्रकाश पार्दै भने चाइनिज यात्री इत्सुङले आफ्नो यात्रा डाईरिमा के वर्णन गरेको पाईन्छ भने सफा विहानिमा कपील वस्तु वाट हेर्दा निलो आकाश खुलेको चारै तिर  हिउले ढाकेको रमणिय पहाड देखिएको उल्लेख छ जुन अहिले पनि सफा अाकश खुलेको दिनमा देख्न सकिन्छ तर इन्दियाको कपिलवस्तु बाट हरेक दिन हरेक हप्ता महिनौ लगाएर हेर्दा पनि उक्त द्रिश्य देख्न सकिन्न ।

 

त्यसै गरी अर्को तथ्य उजागर गर्दै  भने जब सिद्धार्थ महाभिनिश्क्रमण (बुद्ध हुन गृह त्याग गर्दा )लागी सारथी छन्दक र कन्थक घोडा लिएर पश्चिम तिरको द्वारमा पहरेदार बढी हुने भएकाले पुर्व पट्ट्टिको द्वारबाट निस्केर हिंडे र केही परको खोला तरी उनलाई अन्तिम पटक आफ्नो राज्य दरबार हेर्ने चाह भई फर्केर हेर्दा त्यो पुर्णिमाको  चकमन्न उज्यालो रातमा उज्यालोले दरबार जाजोल्यमान भएको थियो ,मन्द मन्द हावा र सुस्त बेगमा बहेको कन्चन नदिमा दरबारको छाया परेको रमणिय द्रिश्य देखिएको थियो यस्तो रमणिय चिज आफुले देखे पनि आफ्नो द्रिध सकल्पका साथ केही प्राप्त गर्न हिंडेका कारण त्यस्प्रती लोभ मोह नजनाई गृह त्याग गरेको वर्णन सिदार्थले गृह त्याग गरे पछी पहिला भेट भएका राजग्रिहका सम्राट बिम्भिसारलाई सुनाएको उल्लेख बुद्ध ग्रन्थ हरुमा पाइन्छ ,जुन नदिको बारे बयान गरिएको छ त्यो नेपालको कपिलवस्तुमा यद्दपी छदैछ भने भारतको कपिलबस्तुमा कुनै खोला नदी नाला केहीको अबशेष टाढा टाढा सम्म पनि देखिदैन ।

श्रदय भन्ते तिलोकले आमन्त्रित श्रादालु भक्तजन हरुलाई बुद्धकालिन कथा र नैतीक शिक्षा भन्दा पनि अहिले धेरैको जिज्ञाशा बुद्धको जन्मस्थल बारे र बुद्ध को थिए कहाँ जन्मे बारे प्रस्ताएका थिए। उनले अहिले धर्म बारे केहो भन्दा कोही दान दिएर धर्म कमाए भन्छन, कोही पसु बली चधाएर धर्म कमाए भन्छन, कोही मन्दिरमा गएर भगवानलाई फुल चधाएर धर्म गरे भन्छन  तर यसलाई धर्म मानिदैन वा भनिदैन प्रकृतिलाई मान्छु भन्ने तर त्यही प्रकृतिको उत्पादित चिजको बिरुद्धमा गै कसैको अनाहकमा काल्पनिक देवताको नाउमा हत्या गर्नु मार्नु कदापी धर्म हुन सक्दैन त्यो त प्राकृतिले दिएको कसैको बाँच्न पाउने जिउनु पाउने अधिकार खोसेर कसरी धर्म हुन्छ ? बरु बली नदिएर उसको बाँच्न पाउनु पर्ने अधिकार दिनु बच्चाउनु पो प्रकृतिलाई मान्नु भो धर्म भो !  धर्म भनेको प्राकृतिक स्वोभाव नै धर्म हो जसरी पानीको स्व्भाव छ सेतो गिलासमा सेतो देखिन्छ भने निलोमा राख्दा निलो हुन्छ ,प्लेटमा राख्दा प्लेट्कै आकार लिन्छ यही नै धर्म हो,पानीको जस्तो स्वोभाव छ त्यसैलाई नै धर्म भनिन्छ, आगोको धर्म जलाउनु पोल्नु आदी इत्यादी नै त्यस बस्तु चिजको धर्म हो । जब कुनै बस्तुको यसको कोम्पोनेन्ट टुक्राईन्छ वा परिवर्तन गरिन्छ त्यो फरक पदार्थ वस्तु हुन पुग्दछ त्यसकारण धर्म भनेको कुनै वस्तु ,चिज, मानव प्राणी प्रकृतिको स्वोभाव ,गुण हो । 

मगर बुद्धिस्ट सोसाइटिका जनरल सेक्रेटरी टिका दर्लामिले सन्चाल गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी र बिशेष अतिथी बाट बुद्ध दिप प्रज्वलन गरे पश्चात बुद्ध पूजा आराधान गरिएको थियो भने भन्ते बाट पञ्चशिल र अस्तशिल ग्रहण गराइएको  थियो ।

उक्त कार्यक्रमा अन्य अतिथीहरुमा नेपाल एम्बासी लन्डनका सहचारी तेजेन्द्र रेगामी ,लुम्बिनी बुद्ध धर्म सोसाइटिका जनरल सेक्रेटरी डा. धर्म भक्त शाक्य ,नेपाल आदिवासी जनजाती महासंघ बेलायतका जनरल सेक्रेटरी कर्मा पहाडी शेर्पा ,नेपाल आदिवासी जनजाती महिला महासंघकी जनरल सेक्रेटरी बिमला सेने ,मगर संघ यु केका अध्यक्ष नेम थापा ,खस समाज यु के टेक बहादुर थापा मगर संघ यु के का पुर्व अध्यक्ष तथा  सल्लाहकारहरु  थर्क राना ,मेजर कुल थापा ,निवर्तमान अध्यक्ष दुत पुन थिए । 

कार्यक्रमको अन्त्यमा उपस्थित महानुभावहरु संघ भन्ते तिलोक सँग अन्तर्कृया गरिएको थियो भने भन्ते ईन्द्रशक बाट पुन्यानुमोदन गरी कार्यक्रम समाप्त गरिएको थियो । 

विश्वो सुख शान्ती विहार बुतवल वनवातिका तिलोत्तमा वस्नु भएका भिक्छु तिलोक भारत , देहरादुन बिबी एस्  कलेजबाट जिओलजिकल साइन्स्मा स्नातक तह अध्ययन गरेका छन भने भारतीय कमिस्नर अफिसरमा सेवा निव्रित भएका हुन भने बिगत १२ बर्ष देखी बुद्ध धर्म अध्ययन सँगै भिक्क्छु जीवन यापन  गरी बुद्ध सन्देश फैलाउदै आएका छन ।

मगर संघ केन्द्रिय समितिले मगर हरुको सन्स्क्रिती ,रहन सहनको व्यापक अध्ययन गरी बिक्रम सम्बत २०५५ साल बिर्तामोडमा भएको अन्तरराष्ट्रिय सम्मेलनले मगर समुदायको अधिकारिक धर्म बुद्ध धर्म पारीत गरिएको थियो भने त्यही प्रतिबेदनलाई बिक्रम संबत २०५७ साल सुनसरी जिल्ला धरानमा भएको नेपाल मगर संघको ७औ महाधिवेशनले अनुमोदन गरे  पस्चात मगरहरुमा बौद्ध धर्म प्रती रुची र धार्मिक जागरणले ठुलो फड्को मारी देश बिदेश्मा बुद्ध सिक्षा र पद्दती प्रती झुकाव बद्दै गएको पाईन्छ ।  जस अनुरुप मगर संघ युकेले पनि हरेक बर्ष बुद्ध जयन्तीको पावन अवसरमा नेपालबाट भिक्छु आमन्त्रित गरी बुद्ध जयन्ती मनाउदै आएको छ ।

सयौको संख्यामा उपस्थित महानुभावहरुलाई खानापानीको व्यवस्था मगर बुद्धिस्ट सोसाइटी यु के,मगर महिला बिभाग र भक्तजनहरुको पुन्यदान बाट निशुल्क गरिएको थियो ।

तस्विर : आश्रा राइ,सी आर मगर 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %