कतारमा २५६०औं बौद्ध जयन्ती कार्यक्रम भब्य सम्पन्न

Read Time:7 Minute, 2 Second

राज्यसत्ता ब्यूरो

दोहा-कतार २१ मे दोहाको एनखादिल स्थित नेपाली दुतावासको प्राङ्गणमा २० मे सुक्रबारका दिन तमु-गुरूङ समाज, नेपाल प्रवासी तामाङ सेवा समाज, थारू कल्याणकारी सभा च्याप्टर र नेपाल मगर संघ शाखाले बौद्ध मार्गी चार विशुद्ध जातिय समाजको आयोजनामा नेपाल आदिवासीजनजाति महासंघको समन्वय तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद र नेपाली दुतावासको विशेष सह्योगमा संयोजक खेम गुरूङको सभापतित्वमा २५६०औं बौद्ध जयन्ती कार्यक्रम भब्य संपन्न गरेको छ ।

नेपाल देखि आएका भिक्षु लामा गुरू ग्याम्जो लामालाई मरू लामा, बाङ्गजुङ लामा, दाहा घले लामा, गुर्बा लामा, योङ्गदेन लामा र कान्छा लामाको विशेष सहयोगले संयुक्तरूपमा श्रदालु भक्तजनहरूलाई परम्परागत बौद्ध संस्कार अनुसार पूजा आराधाना गरेका थिए ।

प्रमुख अतिथि, कार्यक्रमका सभापति र विशेष अतिथिले राष्ट्रिय धुन संगै संयुक्त रूपमा शान्तिका द्धिप प्रज्वलन गर्दै नेपालका प्रथम सहिद तथा ज्ञात अज्ञात सहिदको सम्झना प्रति १ मिनेट मौन धारण पश्चात अौपचारिक कार्यक्रम अघि बढेको थियोे ।

विषेश अतितिमा दुतावासका द्धितिय सचिव हरि प्रसाद अर्याल, नेपाल आदिवासीजनजाति महासंघका अध्यक्ष सियाराम चौधरी, गैर आवासिय नेपाल संघ अध्यक्ष विनेश तामाङ, आईसिसिका संरक्षक डा देवकाजी डंगोल, आरके शर्मा, विनोद भट्टराई, हंसराज ढकाल, देव राना मगर, अतिथिहरूमा नेपाली महिला समाजकी अध्यक्ष रेखा राई, पाल्पाली सेवा समाजका लिलम चिदी मगर लागत विभिन्न, जातिय, क्षेत्रिय, वर्गीय, धार्मिक, संघ, संस्था संगठनका प्रतिनिधि, तथा स्थानिय पत्रकारहरू वरिष्ठ समाजसेवी, बुद्धिजीवी, एवंम् विशिष्ट ब्यक्तित्व पाहुनागणलाई शर्मिला तामाङ, बिमला तामाङ र ईशोरा थापा मगरको सहयोगमा बौद्ध मार्गीहरूलाइ पवित्र खादाले स्वागत गरेका थियो ।

नेपाल मगर संघ शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले हामी सबै मानव जातिमा धार्मिक सहिष्णुता, आपसी सद्भाव, प्रेरणाले एकरूपता ल्याउन मद्धत मिल्ने पुर्ण विश्वासका साथ बुद्धले दिएका विभिन्न बुद्धका उपदेश र ज्ञानको सन्देश बारेमा उल्लेखित दुई पेजको प्रचालाई अध्यन गर्न सबैलाई आग्रह गर्दै मन्तब्यमा बौद्ध धर्मका बारेमा प्रष्टाएका थिए ।

एसियाका तारा विश्व शान्तिका अग्रदुत गौतम बुद्ध भगवानलाई संयुक्त राष्ट्र संघले अमेरिकाको राजधानी न्यूयोर्क स्थित केन्द्रीय समितिमा पनि प्रत्येक वर्ष बुद्ध जयन्ती मनाउने गरेको बारेमा अवगत गराउदै उहाँले थप्दै भने, विभिन्न २८ देशका विश्व बौद्ध सम्मेलनका लागि आउने हुँदा तीन दिन सम्म मनाउन लागेको महामानव गौतम बुद्धको दर्शनले सबै, धर्म, वर्ग, क्षेत्र, लिङ्गका लागि नभै सिङ्गो मानव जातिका लागि अद्धितिय मार्ग बनेको प्रमुख अतिथि महामहिम काबा राजदुत शर्माले बताएका थिए ।

आदिवासीजनजाति महासंघका अध्यक्ष सियाराम चौधरीले महामानव सिद्धार्थ गौतम बाट बुद्धत्व प्राप्त गरी भगवान गौतम बुद्ध कसरी प्रकट भएका हुन् त रु उहाँको जीवनीका बारेमा जानकारी गराएका थिए । यसै गरि नेपाली महिला समाजकी अध्यक्ष रेखा राईले भनिन् बुद्धको जन्म नभएता पनि श्रीलंका दुतावासले विगत केही वर्ष यता आफ्ना बौद्ध मार्गीका लागि दुतावासको परिसरमा श्रदालु भक्तजनलाई पूजा पाठका लागि अफिसियल समयावधि एक हप्ता सम्म खुल्ला रहेको तर, हाम्रो नेपालमा बुद्ध जन्मे पनि नेपाली दुतावासको यस तर्फ खासै चासो नदिएको आरोप लगाउँदै मन्तब्यको क्रममा गुनासो ब्यक्त गरेकी थिइन ।

विभिन्न देशमा आणविक हातहतियारको होडबाजीले बुद्ध दर्शन र उपदेशको पालना गरेमा कुनै पनि मानविय क्षति नहुने साथै, स्वतः देश र समाजमा शान्ति समृद्ध राष्ट हुने समाजसेवी कमलमणि गुरागाइको भनाई थियो ।

विगत २०११ देखि समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ संस्था द्वारा आयोजित नेपाली राष्ट्रिय मौलिक कला, संस्कृति पहिचानका संरक्षण संवर्द्धनमा प्रतक्ष सह्योग रहेको बताउँदै नेपालमा पर्यटक भित्र्याउनका लागि थप टेवा पुग्ने जिकिर गर्दै NRNAको अहम भुमिका रहने हुँदा अझ प्रभावकारी ढंगले अन्तरष्ट्रिय जगतमा बुद्धको दर्शन र उपदेशलाई गैर आवासीय नेपाली संघले विश्व सामु पुर्‍याउने लक्ष सहित महामानव गौतम बुद्धको जन्म जयन्तीलाई आगामी वर्ष संघको मूल आयोजक रहने विशेष अतिथि अध्यक्ष तामाङले घोषणा समेत गरेका छन ।

थारू कल्याणकारी सभा च्याप्टर मातृ संस्थाका अञ्जनी कुमार पजियारको स्वागत तथा कमल योञ्जन तामाङको सञ्चालनमा कार्यक्रमलाई संपन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %