राज्यसत्ता ,
काठमाण्डौ, जेठ ५
संबिधानमा अधिकार प्राप्तीका लागी काठमाण्डौमा चलेको पहिचानको आन्दोलनलाई लिएर राजधानी छिर्ने नाका र सडकमा प्रहरीले कडा सुरक्षा अपनाएको छ । मधेसी, बिभिन्न जनजातिहरु संग सम्बन्धित दल मिलेर सिंहदरबार, बालुवाटार घेराउ लगायतको कार्यक्रम गरेपछि सिमा नाका र काठमाण्डौ छिर्ने गाडीमा हतियार बोक्ने आसंकाले सुरक्षा ब्यवस्था कडा पारेको सुरक्षा अधिकारीहरुले बताएका छन् । बाटो बिस्तारको क्रमले उसैपनि बिहान ११ बजे देखि दिउसो २ बजे सम्म अवरुद्ध हदै आएको नारायणगढ र मुग्लीन सडक खण्ड अहिले झण्डै ५ घण्टा सम्म जाम हुदै आए्को छ । कारण मधेसी र आदिवासी जनजातिले गरेको आन्दोलनको निहु पारेर । गाडीमा तराई मुलका मान्छे भेटे झन् दुख दिन्छन् ,एक चालक भन्छन् प्यासेन्जरलाई सोधपुछ गर्न र उनीहरुको सामान चेक गर्दा नै समय वित्छ ।
हेरौ चक्का जामको एक दृश्य ।
{youtube}https://youtu.be/nyXXMi6Jvh8{/youtube}