मुककाजी (काजी) गुरुङ
हङकङ-१५ में २०१६ का दिन युन लोंगस्थित आफ्नै निजी भवनमा तमु प्ये ल्हु संघ हङकङले एक औपचारिक कार्यक्रम संगै तमुहरुको महान पवित्र स्थल “क्वोइबो धीं” को उद्घाटन गरेका छन। तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष जितेन्द्र योज तमुको अध्यक्षतामा निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार सोम तमुको प्रमुख आतिथ्यमा कार्यक्रम तय गरिएको थियो भने माङी आमा समूहका अध्यक्ष श्रीमती कुमारी तमु, क्ल्हेप्री चिवा प्रेम बहादुर तमु, पच्यु चिवा एक प्रसाद तमु, क्वोइबो धीं खरीद गर्नको लागि सबै भन्दा बढी आर्थिक सहयोग दाता कास्की ,अर्मलाका रत्न प्रसाद (एजेन्द्र ) तमु, संघकै लेखा परीक्षक श्याम तमु, कोषाध्यक्ष पितम्बर तमु, सल्लाहकार प्रेम बहादुर तमु, सल्लाहकार रित तमु, हङकङ नेपाली महासंघका अध्यक्ष श्रीमती रिता गुरुङ, लमजुंग सेवा समिती हङकङका अध्यक्ष बिजय गुरुङ र तमु ट्हो ह्युल हङकङका उपाध्यक्ष कुमार गुरुङलाई बिशेष आतिथ्य प्रदान गरिएको थियो। यसैगरी हङकङस्थित बिभिन्न संघसंस्थाका प्रमुखहरुलाई कार्यक्रममा अतिथिको रुपमा आमन्त्रण गरिएकोमा, स्याङ्जा जनसेवा समिती हङकङका उपाध्यक्ष प्रितम गुरुङ, अकलादेवी समाज स्याङ्जाका अध्यक्ष भानबीर गुरुङ, भिरकोट आठथर तमु समाज स्याङ्जा हङकङका प्रतिनिधी तथा सचिव दिल कुमार गुरुङ, मर्दीखोला सेवा समिती हङकङका प्रतिनिधी राजु गुरुङ, धम्पुस समाज हङकङका अध्यक्ष दिल बहादुर गुरुङ, यसैगरी प्हच्यु भाई खलक हङकङका प्रतिनिधी लगायत संघका सल्लाहकार र केही बिशिष्ट ब्यक्तित्वहरुलाई पनि यथास्थानमा नै अतिथिको रुपमा आसिन गराएका थिए।
संघका उपाध्यक्ष मन बहादुर तमुको स्वागत मन्तब्य संगै संघद्वारा केही महिना अगाडि मात्र हङकङ डलर ३।२ मिलियन अर्थात नेपाली लगभग सांढे चार करोड रुपैयांमा खरीद गरिएको आफ्नै निजी भवन ूक्वोइबो धींू को ९नामंकरण गरिएको ० संघका अध्यक्ष जितेन्द्र योज तमु, प्रमुख अतिथी तथा निवर्तमान अध्यक्ष सोम योज तमु, माङी आमा समूहका अध्यक्ष कुमारी तमु, क्वोइबो धीं खरीद गर्नको लागि सबै भन्दा बढी आर्थिक सहयोग दाता कास्की ,अर्मलाका रत्न प्रसाद ९एजेन्द्र ० तमु र हङकङ नेपाली महासंघका अध्यक्ष श्रीमती रिता गुरुङ्ले तमु प्ये ल्हु संघ हङकङ “क्वोइबो धीं ” लेखिएको ब्यानरलाई संयुक्त रुपमा पर्दा अनावरण गर्दै उद्घाटन गरे। क्वोइबो धीं उद्घाटन पश्चात मञ्चमा आसिन केही ब्यक्तित्वहरु तमु ट्हो ह्युल हङकङका उपाध्यक्ष कुमार गुरुङ, लमजुंग सेवा समितिका अध्यक्ष बिजय गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष श्रीमती रिता गुरुङले प्रवासमा रहेर पनि तमु प्ये ल्हु संघ हङकङले तमुहरुको संस्कार, संस्कृति तथा परम्परा र रितिरिवाजलाई संरक्षण तथा सम्वर्द्धनको लागि आफ्नै निजी भवन खरीद गरेर क्वोइबो धींको नामंकरण गरिएको छ। वास्तबमै तमु प्ये ल्हु संघ हङकङले गरेको उक्त सरहनिया कार्यलाई उच्च सम्मानका साथ हार्दिक बधाई साथै शुभकामना ब्यक्त गरे भने अझ प्रगतिको पनि कामना ब्यक्त गरे। यसैगरी वक्ताहरुले क्वोइबो धीं खरीदमा केही राहत पुगोस भन्ने अभिप्रायले केही ईट्टाहरु पनि थपी दिएका छन।
यसैगरी हङकङ नेपाली महासंघका अध्यक्ष श्रीमती रिता गुरुङले क्वोइबो धीं खरीद गरेको उपलक्षयमा तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष जितेन्द्र योज तमुलाई हार्दिक बधाई तथा शुभकामना सहित संघलाई फूलको गुच्छा प्रदान गरे। यसैगरी प्रमुख अतिथी तथा निवर्तमान अध्यक्ष सोम योज तमुले तमु प्ये ल्हु संघ हङकङको क्वोइबो धीं खरीदको लागि बिभिन्न क्षेत्रबाट आर्थिक सहयोग गर्नुहुने सहयोग दाताहरुलाई बिशेष धन्यवाद ब्यक्त गरे भने क्वोइबो धीं उद्घाटन गर्नको निम्ती संघले प्रमुख अतिथिको स्थान प्रदान गरेकोमा वर्तमान अध्यक्ष जितेन्द्र योज तमुको अध्यक्षतामा रहेको कार्यसमिती र सल्लाहकार समितिका सम्पूर्ण सदस्यहरुलाई पनि बिशेष धन्यवाद ब्यक्त गरे।
अन्तमा, अध्यक्ष जितेन्द्र योज तमुले तमु प्ये ल्हु संघ हङकङ स्थापना भएको १४ औं बर्षमा प्रवेश गरे संगै आज संघले आफ्नै निजी भवन खरीद गरेर उक्त भवनलाई उचित ढंगले “क्वोइबो धीं” को पूर्ण रुप दिन नसकेता पनि “क्वोइबो धीं” द्वारा नामांकरण गर्न पाउंदा सम्पूर्ण मु प्ये ल्हु शुभचिन्तकहरुले हर्ष ब्यक्त गरेको बताए। भविष्यमा अझ सबैको सहयोग प्राप्त भए यसलाई “क्वोइबो धीं” नै बनाउंन सकिने पनि बताए। यसैगरी तमु प्ये ल्हु संघ हङकङको निमन्त्रणालाई सहर्ष स्वीकार गरेर कार्यक्रममा पाल्नुहुने अतिथी महानुभावहरु, कार्यसमितिका सदस्यहरु, माङी आमा समूह, सल्लाहकार लगायत सम्पूर्ण तमु प्ये ल्हु शुभचिन्तकहरु , बिशेष गरेर क्ल्हेप्री चिवा र पच्यु चिवाको उपस्थितिलाई बिशेष धन्यवाद ब्यक्त गरे र हालै मात्र क्होला सोंथार र जिल्ला ब्यापी भ्रमण अवलोकनको बारेमा देखेका र भोगेका अनुभवहरु उपस्थितजनलाई सुनाउदै तमु प्ये ल्हु संघ हङकङको “क्वोइबो धीं” उद्घाटन सफलता पूर्वक सम्पन्न भएको छ भन्दै कार्यक्रमलाई समापन गरेका थिए।
कार्यक्रममा, तमु प्ये ल्हु संघ हङकङ क्वोइबो धीं उद्घाटनको सु(अवसरमा तमु प्ये ल्हु संघ हङकङले आफ्नै निजी भवन (क्वोइबो धीं) खरीद गरी समुद्घाटन गर्न गईरहेको खबरले प्रफुल्ल भएका छौ भन्दै तमु प्ये ल्हु संघ केन्द्र (पोखरा), तमु प्ये ल्हु संघ काठमाण्डौ र तमु प्ये ल्हु संघ कतारको तर्फबाट अध्यक्ष युद्ध जंग तमु, महासचिव शान तमु, महिला बिभाग सचिव सोनिका तमुले पठाएको हार्दिक बधाई तथा शुभकामना सन्देश सचिव भोजेन्द्र तमुले पढेर सुनाएका थिए र कार्यक्रमबाट नै सचिव भोजेन्द्र तमुले तमु प्ये ल्हु संघ हङकङको तर्फबाट वहाँहरुलाई धन्यवाद ब्यक्त गरे भने कार्यक्रमलाई सचिव भोजेन्द्र तमुले सञ्चालन गरेका थिए। स्मरण रहोस, क्वोइबो धीं उद्घाटन समारोहमा क्ल्हेप्री चिवा प्रेम बहादुर तमु र पच्यु चिवा एक प्रसाद तमुद्वारा धार्मिक परम्परा अनुसार पूजापाठ गरी उपस्थितजनहरुलाई रुप (धागो) लगाईदिएका थिए। क्वोइबो धीं खरीदको लागि सोही दिन सहयोग गर्नुहुने चन्दादाताहरुको नामावली यस प्रकार रहेको छ ।
१, शेर बहादुर तमु- स्याङ्जा, ठुलो भञ्ज्याङ, कालिकाकोट – HK$ १०१००
2, मन कुमारी तमु – HK$ ५००१
3, प्रितम तमु – HK$ ५००१
4, घान्द्रुक सैलून, पहिला- HK$ १०,१००, पुन: दोस्रो पटक – HK$ ५०००
5, उमा तमु, घान्द्रुक सैलून – HK$ ५०००
6, गिर बहादुर तमु – मर्दीखोला, ल्वाङ घलेल-४ – HK$ ५०००
7, युवराज तमु, हङ्री अाई रेष्टुरेन्ट एण्ड बार- पहिला HK$ १०००, अहिले- HK$ ३०००
8, बिजय जंग तमु – HK$ २१२१
9, बिजय तमु – अध्यक्ष , लमजुंग सेवा समिती हङकङ – HK$ २०००
10,श्रीमती रिता गुरुङ, अध्यक्ष, हङकङ नेपाली महासंघ – HK$ २०००
11,तमु ट्हो ह्यु हङकङ – HK$ २०००
12,लक्ष्मी तमु – HK$ १०१०
13,प्रितम तमु – HK$ ११००
14,सुकदेवी तमु – HK$ १००१
15,पर माया तमु – HK$ १००५
16,कुमार गुरुङ, उपाध्यक्ष, तमु ट्हो ह्युल हङकङ – HK$ १०००
17,सनम तमु – HK$ ५००
18,सुनिल तमु – HK$ ५००