जिल्लामै पहिलो पटक व्यवसायिक भुई स्याउ खेतीमा पूर्व सभासद, बजार नपाएपछि चिन्तित

Read Time:4 Minute, 7 Second

अमृत अधिकारी


पाल्पा- पहिलो संविधान सभामा प्रत्यक्ष निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाउनुभएकी पाल्पाका पूर्व सभासद लिला सोमैले अहिले कृषि व्यवसाय अपनाएकी छिन । जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा भुई स्याउ खेतीको सुरुवात सोमैले गरेकाे हाे । गत वर्ष पाल्पा महोत्सवमा प्रर्दशनीको रुपमा ल्याएको भूई स्याउ देखेर सोमैले आफ्नो बारीमा लगेर व्यवसायिक रुपमा लगाएको जानकारी दिइन ।
ठिमुरे ३ देउराली स्थित आफ्नो ३ रोपनी क्षेत्रफलमा प्रतिकेजी एक हजार दुई सयका दरले विउ खरिद गरेर लगाएको भएता पनि अहिले भुँईं स्याउको उपयोगीता बारेमा कसैले थाहा नपाएको कारण बजार व्यवस्थापनमा समस्या परेको पूर्व सभासद सोमैको भनाई छ ।

पहिलो संविधान सभा चुनावमा पाल्पा क्षेत्र नं.२ बाट एमाओवादीबाट प्रत्यक्ष रुपमा निर्वाचित सभासद संविधान सभा विघटन पछि काम विहिन भएपछि कृषि तर्फ केन्द्रित भएको बताइन । सोमैले अहिलेका उद्योग मन्त्री तथा सभासद सोम प्रसाद पाण्डेलाई भारी मतअन्तरले पराजित गरेका थिए । पूर्व सभासद भएता पनि अन्य कुनै पेशा व्यवसाय नहुँदा आफ्नो जीविको पार्जनका लागि गाउँमा व्यवसायिक रुपमा नयाँ खेती भुईं स्याउ लगाएर शुरुवाट गरेको जानकारी दिए ।
भुँईमा सख्खरखण्ड जस्तै फल्ने, सुगर, उच्च रक्तचाप, जण्डिस लगायतका विरामीले समेत औषधीको रुपमा प्रयोग गर्न मिल्ने भुई स्याउको प्रचार प्रसार नहुँदा बजारको समस्या भएको सोमैकाे अनुभव छ । नेपालमा भन्दा भुई स्याउको भारतीय बजारमा मूल्य र माग उच्च रहेको आफुले जानकारी पाएको सोमैले बताइन ।
गाउँमा प्रति केजी ८० रुपैंयामा विक्री भएको भएता पनि कम माग भएकाले बारीमै कुहिन थालेको सोमैकाे दुखेसो छ । आफ्नो ३ रोपनी बारीमा प्रतिबोट २ देखि ४ केजीसम्मको उत्पादन भएता पनि अहिले ३० क्वीनटल बढी भुुँई स्याउ बारीमै थन्किएको छ । एक हजार दुई सय मा ५० केजी विउ ल्याएर रोपेको सोमैले विउलाई मात्रै ६० हजार बढी रकम खर्च भएको बताइन । अहिले दुई सय रुपैंयामा विउ बेच्दा समेत किन्ने मान्छे नभएको सोमैकाे भनाई छ ।
सोमैले विउ र फलको बजार व्यवस्थापनको लागि प्रचार प्रसार आवश्यक भएको भन्दै सहयोगको अपेक्षा व्यक्त गरीन । नेपालमा जनवादी क्रान्ति ल्याउन भन्दै १० वर्षे जनयुद्धमा लामो समय पार्टीका लागि लडेकी पूर्व सभासद सोमै शहिद परिवार हो । उनकाे श्रीमान पृथबहादुर सोमैकाे तत्कालीन साही सेनाको गोली प्रहारबाट शहिद भएका थिए । सोमैका दुई छोरा छन् । समुन्द्री सतहबाट १५ देखि १८ सय मिटरको उचाईमा खेती हुने भुँई स्याउ पाल्पा जिल्लामा व्यवसायिक रुपमा खेतीको सुरुवात पहिलो पटक भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %