मृत्यु संस्कारमा मगरको सात दिन, बाहुनको पाँच दिनमै ?

Read Time:2 Minute, 53 Second

राज्यसत्ता

 काठमाडौं,वैषाख ३० – ‘हामी पतिपत्नी दुवैले गत वर्ष दसैंमा परिवारजनलाई पाँच दिनमै काजकिरिया सकिदिनू भनेका थियौ, संस्कार सुधार अभियानका अध्यक्ष शंकरप्रसाद पोखरेलका ९० वर्षीय बुबा पूर्णरमणले उदयपुर र धनुषाको संगमस्थल कमलानदीको उत्तरबाहिनीस्थित घाटमै घोषणा गरे, ‘पत्नी जानुकाको निधन भएको छ । तपार्इं सबै मलामीलाई अनुरोध गर्दछु, उनको काजकिरिया पाँच दिनमै सक्ने हाम्रो इच्छा पूरा गरिदिनोस् ।

धेरै मलामीलाई लागेको थियो निम्बार्क समुदायका वैष्णव परिवारले काजकिरिया १३ दिनमै सक्नेछ ।   निजामती सेवाको लेखाअधिकृतबाट निवृत्त ६४ वर्षीय शंकरले टेलिफोनमा अन्नपूर्णसँग भने, ‘चार वर्षअघि अभियान थाल्दा बुबाले शंकरले राम्रो काम गरेन भनेको धेरैले सुनेकाले मलामी द्विविधामा हुनु स्वाभाविकै थियो । तर घाटबाटै बुबाले सुधारिएको संस्कारमा पत्नीको काजकिरियाको घोषणा गर्दा माहोल फरक भयो ।

क्यान्सरका कारण बिहीबार निधन भएकी ८५ वर्षीया जानुकाको काम जेठो छोरा शंकरले पाँचदिने काजकिरिया सोमबार सकेका छन् । उनलाई तीन भाइ र पाँच दिदीबहिनीको पनि साथ छ । आचार्य पण्डित रुद्रप्रसाद आचार्यका अनुसार पहिलो दिन ६ पिण्ड दिइयो । उनले भने, ‘दोस्रो दिन ढिकुरो उठाएर पहिलो दिनको एक पिण्डसहित पाँच पिण्ड दिइयो । तेस्रो दिन बाँकी पाँच पिण्ड दिइयो र ढिकुरो फोरियो ।

चौथो दिन मध्यम षोडशी र उत्तम शोडषीका पिण्ड दान तथा पाँचौं दिन पितृ मिलको काम गरी उत्तर पाथेय श्राद्ध सकियो । ‘१३ दिने काजक्रियालाई सबैले पाँच दिनमै गर्नुपर्छ वा स्वीकार्नुपर्छ भन्ने छैन, सुधारको अभियानलाई समाजले स्वीकार्न समय लाग्छु, शंकरले भने, ‘दर्जनभन्दा बढीले पाँच दिने संस्कार अपनाइसकेका छन् । राष्ट्रिय व्यक्तित्वको समर्थन छ । राष्ट्रकवि माधव घिमिरेले समेत अभियानलाई समर्थन गर्नुभएको छ ।

साभरः अन्नपूर्ण बाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %