गायिका पविता परियार र गीतकार गीता खत्रीको ‘दीप’ म्यूज़िक एल्बमको लोकार्पण सम्पन्न

Read Time:5 Minute, 23 Second

राज्यसत्ता

 वैषाख,३०-न्यूयोर्क(न्यू योर्ककि चर्चित गायिका पविता परियार र गीतकार गीता खत्रीको ‘दीप’ म्यूज़िक एल्बमको लोकार्पण वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे र महावाणिज्यदूत नारायणप्रशाद मैनालीद्वारा गरिएकोछ । गायिका पविता परियारको विविध गीतहरू समेटिएको यो पहिलो सोलो म्यूजिक एल्बम हो भने गीतकार गीता खत्रीको तेश्रो सोलो म्यूजिक एल्बम हो। गीतकार खत्रीको यस अघि स्वीकृति ९२००८० र ‘अमूल्य’९२०१४० म्यूजिक एल्बम प्रकाशित भई सकेकोछ।

न्यू योर्क शहरको सन्निसाइडस्थित मालिङ्गो रेष्टुरेण्टमा मे ८, २०१६ का दिन ुदीपु म्यूज़िक एल्बमको लोकार्पण गरिएको हो । समारोहको उद्घाटन वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे र महावाणिज्यदूत नारायणप्रशाद मैनालीद्वारा दीप प्रज्वलनबाट गरिएको थियो ।

उक्त कार्यक्रममा भाग लिन बाल्टीमोर, भर्जिनिया तथा कोलाराडोबाट समेत साहित्यप्रेमीहरुको उपस्थिति थियो । उपस्थित पाहुनाहरुलाई कार्यक्रममा स्वागत गर्दै गीतकार गीता खत्रीले आफ्ना निर्जिब शब्दहरुलाई गायिका पबिता परियारको स्वर तथा चर्चित संगीतकारहरुको संगीतले सजिब गराउन सफल भएकोमा आभार ब्यक्त गरिन् । गायिका पविता परियारले ‘दीप’ एल्बमबाट गीत गाएर पाहुनाहरुको स्वागत गरेकी थिइन् भने अनेसास केन्द्रिय उपाध्यक्ष राम खत्रीले धन्यबाद ज्ञापन गरेका थिए ।

‘दीप’ एल्बमबारे समीक्षा साहित्यकार एवं वाणिज्यदूत कृसु क्षेत्रीले गरेका थिए ।

प्रमुख अतिथि तुलसी घिमिरेले पैसाको भरमा अमेरिकातिर बस्नेले मात्र साहित्य लेख्ने गर्छन् भन्ने नेपालतिरको हेराइ र दृष्टिकोण गलत रहेछ । यता बस्नेले साहित्य सिर्जना गर्दा अझ कठीन भएको मैले देख्ने मौका पाएँ भन्दै आगामी दिनहरुमा अझ राम्राराम्रा सिर्जनाहरु जन्मिन सकुन् भन्ने शुभकामना ब्यक्त गरे ।

शुभकामना मन्तब्य ब्यक्त गर्ने अन्य अतिथिहरुमा महावाणिज्यदूत नारायण प्रशाद मैनाली, प्राज्ञ हरीबहादुर थापा, एडवान प्रेसिडेण्ट डा। बिष्णु माया परियार, डा। तारा निरौला, डेपुटी कोन्सुल प्रविण भट्टराई, अनेसास न्यू योर्क च्याप्टर अध्यक्षस् राजेन्द्र श्रेष्ठ, नासो कम्युनिटी प्रेसिडेण्ट गोपाल बिश्वकर्मा, नेपाली जनसम्पर्क समिती अमेरिका (नेजससअ) केन्द्रीय संगठन विभाग प्रमुख बेद खरेल, ब्याबसायी एबं समाजसेवी कृष्ण जिवी पन्त, एनआरएन सल्लाहकार यम अधिकारी, नेजससअ मेरील्याण्ड च्याप्टर अध्यक्ष राज सेन्चुरी, चलचित्र निर्माता रबी कार्की (कोलोराडो), अनेसास न्यू योर्क च्याप्टर महासचिव शकुन ज्ञवाली, साहित्यकार बिनोद रोका, अनेसास न्यू योर्क च्याप्टर पूर्व अध्यक्ष ज्योती पौडेल र अनेसास न्यू योर्क च्याप्टर पूर्व अध्यक्ष बिकाश बिस्ट थिए ।

कार्यक्रमका अवसरमा स्रष्टा र गायिकाको सम्बन्धमा छोटो भिडियो परिचय प्रस्तुत गर्नुका साथै दुई वटा म्यूजिक भिडियो प्रस्तुत गरिएको थियो । कलाकार यशोदा राई र वाल कलाकार सिम्रन अधिकारीले ‘दीप’ एल्बमको गीतहरु नाँच्न मन लाग्छु र ‘मन मन्दिरमा तिमी गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन पत्रकार प्रदीप थापा परियार मरले गरेका थिए ।

 

गीतकार गीता खत्रीद्वारा रचित ७ वटा गीतहरुको संगित कम्पोज नेपालका ६ जना संगितकारहरु जय कुमार, हरी लम्साल, यश कुमार, उदय सोताङ, बसन्त सापकोटा, र महेश खड्काले गरेकाछन् । यो म्यूज़िक एल्बमबाट जलायो र बादलुको गीतको म्यूजिक भिडियो पनि तयार गरिएकोछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %