रोल्पारोग हिट हुँदै,घैटेको चर्चा परिचर्चा जताततै

Read Time:2 Minute, 49 Second

मार्शल आर्ट्सका सेकेन्ड ड्न जनकको एक्सन प्रधान फिल्ममा खेल्ने सोच छ 

राज्यसत्ता
काठमाण्डु, २७ वैशाख–
१० वर्षे लामो जनयुद्धको कथावस्तु बोकेको चलचित्र ‘रोल्पा रोग’ शुक्रबारदेखि देशभर प्रदर्शन गरिएको छ।

माओवादी जनयुद्दको उद्द्गम थलो रोल्पा र रोल्पालीसँग सम्बन्धित बिषयमा तयार पारीएको चलचित्र अहिले भिविन्न हलहरुमा प्रदर्शन गरिए लगतत्तै राम्रो पिकअप लिइरहेको जनाइएको छ । देशमा युद्धविराम भएर देश शान्ति प्रक्रियामा आईसकेका बेला जनयुद्धको पृष्ठभूमि रोल्पाको विषयलाई उठाएको फिल्म दर्शकले अत्यन्तै मन पराएको प्रतिकृया आएको छ ।
दीपक वलीको निर्देशनमा बनेको फिल्ममा शिशिर भण्डारी, कुलदीप अधिकारी, सुशील पोखरेल र जनक घर्तीमगर, बिनु खड्का, मुकुन्द भुसाल लगायतकाकलाकार हरुको मुख्य भूमिका रहेको छ ।फिल्ममा जनकले  घैटेको भूमिका निभाएका  छन  भने शिशिरले ओखरे र कुलदीपले राइटेको भूमिका निभाएका छन् । उनीहरुको भूमिकाले दर्शकको मन जित्न सफल भएको छ ।

फिल्ममा घैंटेको भूमिका निभाएका  जनकको मुख्य भूमिका रहेको छ उक्त घैटे पात्रलाई दर्शकले अलि रोचक रुपमा लिएका छन । घैंटेको भूमिका निर्वाह गरेका घर्तीमगरले यसै फिल्ममार्फत आफ्नो करिअर अघि बढाउने सुर कसेका छन् । फिल्ममा तपाईंको भूमिकालाई दर्शकले कसरी लिएका छन् भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म मेरो भूमिकालाई लिएर राम्रो प्रतिक्रिया आइरहेको छ । सबैले घैंटेको भूमिकालाई मन पराइदिनु भएको छ । फिल्म हलभित्र फिल्म हेर्दैगर्दा दर्शकले घैंटे हाईहाई जस्ता नारा लागेको देख्दा मलाई निकै खुसी लागेको छ ।’

साथै उनले आफू टेकवान्डोको ‘सेकन्ड डन’ भएको बताउँदै आगामी दिनमा एक्सन फिल्ममा खेल्ने ईच्छा रहेको बताए । उनले भने, ‘अब तत्कालै के गर्ने भन्ने योजना त छैन तर, मलाई एक्सनप्रदान फिल्ममा खेल्ने एकदमै ईच्छा छ । यो अवसर आएमा त्यसतर्फ सोच बनाएको छु ।’
काठमाडौं टुडे बाट 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %