संजय सिंजाली मगर काठमाण्डौँ, बैशाख २७ – नेपाल मगर संघका नवनिर्वाचित केन्द्रिय अध्यक्ष नविन रोका मगरले मृत्युसंग लडिरहेका आदिवासी जनजातिका वादशाहा तथा नेपाल मगर संघका पूर्व अध्यक्ष गोरेबहादुर खपाङगी मगर लाई बैशाख २६ गते उनकै निवास ललितपुर स्थीत नख्खु दोबाटोमा गएर भेटेका छन् ।
गोरेवहादुर खपाङगी मेरो गुरुहुनुहुन्छ ,उहाँकै स्कुलिङग र आर्शिवादले आज म ३९ लाख मगरको अध्यक्ष बन्न सफल भएको छु । अध्यक्षको जिम्मेवारी सम्माल्नु पूर्व गुरुको दर्शन गरि कामको सुरुवात गर्ने छु भन्दै रोका मगरले प्रतिबद्धता समेत ब्यक्त्त गरे । खपाङगी मगर नेपाल आमाका सपूत सच्चा ईमान्दार,कर्मठ,जुझारू, पहरेदार र आर्दश पुरुष हुनुहुन्छ । उहाँको योगदान र अगुवाईमा भएको जनजाति आन्दोलनले आज देशले काचुली फेर्दै गरेको छ । उहाँले गर्नु पर्ने बाँकी काम अब हाम्रो काँधमा आएकोले उहाँको त्यो अपुरो सपना हामीले साकार पार्ने छौ उनले थपे ।
गोरेबहादुर खपाङगी देश भक्त्त,राष्द्रवादी नेता भएता पनि शासकले उनलाई यो अवस्थामा विभेद गरि सहयोग नगरि कित्ताकाट गरि राखेकोमा रोष प्रकट गरे । उनले थपे अचेतमा रहेका खपाङगीको नाममा आएको सहयोग रकमले जो कोहिले खपाङगीको नाममा व्यपार गर्दछ भने अब म टुलुटुलु हेरेर बस्ने छैन ,कानुनको दायरामा ल्याएर उसलाई डण्डित गर्ने छु । उनको नाममा आएको रकम चुस्त/दुरस्त र पारदर्शि हुनुपर्दछ् रोकाले थपे ।
उहाँले देश र मगरको लागी मात्र काम गर्नु भो ,तर हाम्रो लागी केहि गर्नु भएन भन्दै बलिन्द्र स्वरमा उनका धर्म पत्नि विध्या खपाङगीले दुख पोखिन । जवाई चन्द्रबहादुर थापा मगरले ओली सरकारले दिएको सहयोग १० लाख रुपैँयाले घर लिलामी हुनबाट बचाएको (बैँकको ऋण तिरेको) र उहाँको उपचार महिनाको ४० हजार रुपैँया लाग्ने जानकारी दिएका थिए ।
हिजोनै मगर संघका अध्यक्ष नविन रोका मगर र गोरेबहादुर खपाङगी फाउन्डेसनका अध्यक्ष हुमबहादुर पचभैया थापा मगर बिच खपाङगीलाई के कसरी उपचारमा सहयोग गरी बचाउँन सकिन्छ भन्ने बारे अनौपचारिक छलफलभएको छ ।
विश्व मगर संघका सल्लाहकार नेत्र बहादुर मगरले व्यक्तिगत रुपमा खपाङगी लाई १० हजार उपचारको लागी सहयोग गरेका थिए । अध्यक्ष नविन रोका मगर,पत्रकार महासंघका महासचिव उजिर मगर,नेपाल मगर विधार्थी संघका पूर्व अध्यक्ष झकेन्द्र घर्ती, प्रथम शहिद लखन थापा मगर प्रठिष्ठानका अध्यक्ष रुल बहादुर आले ,सचिव सुभास आले मगर ,संघिय लिम्बुवान पार्टी नेपालका केन्द्रिय सदस्य राम मगर,मदन आले मगर र फाउन्डेसनका अध्यक्ष हुम बहादुर पचभैया थापा मगरले खपाङगी मगर लाई उनकै निवासमा भेट्न पुगेका थिए ।
खपाङगी २०७० बैशाख १२ गते काठमाण्डौँ को भृकुटी मण्डलमा आदिवासी चलचित्र महोत्स्व भाग लिन जादाँ मोटर साइकलको ठकर बाट अचेत रुपमा उपचारर्थ छन् ।