मगर संघको महाधिवेसनमा बिधान संसोधनको माग

Read Time:4 Minute, 22 Second

हुम बहादुर पचभैया थापा मगर


चितवन, बैशाख २१- नेपाल मगर संघको ११ अौ महाधिवेशनको बन्द सत्रको पहिलो दिन शुरू गर्ने समय भन्दा ९ घन्टा ढिला गरि ३ बजे सुरू गरिएको थियो ।

महासचिव नबिन रोका मगरले सांगठनिक र कोषाध्यक्ष राजेन्द्र थापा मगरले धारावाहिक प्रतिबेदन प्रस्तुत गरि पहिलो दिनको कार्यक्रम सकियको थियो ।
दोस्रो दिनको बन्द सत्रमा दुबै प्रतिबेदन माथी समुहगतमा छलफल भएको थियो । १७ समुहमा बिभाजित गरि केन्द्रिय समितिलाई आ-आफ्नो मत बुझाईएको थियो ।
समुहगतमाः सेति अन्चल- टेक बहादुर थापा मगर, भेरी- धन बहादुर घर्ती मगर, राप्ती- बलिराम घर्ती मगर, लुम्बिनी- धन बहादुर पुन मगर, धौलागिरी- गणेस थापा मगर, गण्डकी- कृष्ण राना मगर, नारायणी- ठाकुर सिंग राना मगर, बागमती- झलक राना मगर, जनकपुर- लेखराम जर्गा मगर, सगरमाथा- महेस राना मगर, कोशी- कुमार पोखरेल मगर, मेची- भक्त बहादुर लुमगेली मगर र भातृसस्था काठमान्डौ- गंगा खासु मगर, महाकाली- अमर बहादुर थापा मगर, पूर्बी एसिया- मलेशिया- सुन्दर आले मगर, गल्फ कन्ट्रि- सोम थापा मगर र यूके, अमेरिका- मगर संघ यूकेका अध्यक्ष नेम थापा मगरले टोलीनेताको रूपमा आ आफ्ना धारणा राखेका थिए ।
टोलीनेताहरूको प्रतिबेदनमाथीको जिज्ञासालाई महासचिव र कोषाध्यक्षले र ९५५ प्रतिनिधिहरूले उठाएको बिधान सम्सोधनको प्रस्तावलाइ अध्यक्ष महेन्द्र थापा मगरले हलुका र सन्तोष जनक उत्तर नदिएकोले हल अबरूद्द हुन पुगेको थियो ।

के कारणले हल अबरूद्द भयोः
२०६८ सालको १० अौ महाधिवेसन गुल्मीको तमघासबाट प्राप्त बिधानलाई केन्द्रीय समितिको केही ब्याक्तिहरूले २०७० सालको २४ अौ राष्ट्रीय सम्मेलनमा सम्सोधन गरि सिन्डिकेट लगाएको र बर्तमान समयमा राज्य संघिय प्रणालीमा गएको तथा चुनाबमा हार्ने न्युनतम प्रतिदन्दि समुहलाई समेट्न नसकेकोले बन्द सत्रमा करिब ९५ प्रतिशत भन्दा बढी प्रतिनिधि र पर्यबेक्षकहरूले बिधान सम्सोधन गर्न माग गर्दा केन्द्रिय समितिले बेवास्ता गरेकोले प्रतिनिधि, पर्यबेक्षकले बिधान सम्सोधनको माग गरी नारा बाजि गरेका थिए ।
नारा बाजिको क्रममा केन्द्रिय समितिको सुरक्षमा खटिएका स्वयमसेवक एवम बिधान संसोधन पक्षलाइ सामान्य चोट पटक लागेको थियो । कुनै ठुलो घटना हुन नदिनकोलागि कार्यक्रम हल बाहिर सुरक्षाका निम्ति प्रहरीहरू तैनाथ थिए ।
बन्दक्षेत्रका प्रतिनिधि पर्यवेक्षकको रोष्टम घेराउ भए पछि संगठन आर्थिक प्रतिबेदन पास नभइ स्थगित गरिएको थियो । केन्द्रिय समितिले बिधान संसोधन गर्ने प्रतिबद्धता गर्दै त्यसकोलागि बार्ता टोलिको प्रस्ताब गरिएको थियो ।
मगर नेताहरू र राजनैतिक पार्टीले भने आ आफनो मानछे ल्याउने गृहकार्य काठमाण्डौको कलंकीमानै जोड-घटाउ गर्नमा ब्यस्त देखिन्छ ।

अहिले सबै प्रतिनिधिहरूले हल भित्र प्रबेश गरी बिधान संसोधन गर्न केन्द्रिय समितिको बैठक बस्दैछ । कार्यक्रम स्थलगत रिपाेर्ट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %