लण्डनमा २५६०औ बुद्ध जयन्ती समारोह हुँदै

Read Time:6 Minute, 18 Second

राज्यसत्ता ,लण्डन 

२ अप्रिल २०१६ 

यही आउदो २१ मे २०१६,शनिवारका दिन लन्डन साउथ ह्यारोमा मगर संघ युकेद्वारा २५६०औ बुद्ध जयन्ती समारोह(विशाक डे ) भव्यताका साथ मनाउने निर्णय गरेको छ । गत अप्रिल २९का दिन मगर भवन फान्बोरोमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बुद्ध जयन्तीलाई भव्यताका साथ मनाउन मगर बुद्धिस्ट सोसाइटिका अध्यक्ष कृष्ण दर्लामी मगरको सन्योजकत्वोमा कार्यसमितिका पढाधिकारीहरुलाई बिभिन्न जिम्मेवारी सुम्पिएको छ । साथै उक्त कार्यक्रममा सहभागिताको लागी बेलायतबासी सम्पुर्ण महानुभाबहरुमा हार्दिक अनुरोध गरिएको छ ।

बैठकले नेपालबाट श्रदय भिक्क्षु टिलोक ( ओम राना मगर )लाई प्रमुख अतिथिको रुपमा आमण्त्रित गरेको छ भने लुम्बिनी बुद्ध विहारका श्रदय भिक्क्षु ईन्द्रशक (शेर तरामु मगर ) ज्यु लाई बिशेष अतिथिको रुपमा आमणत्रण गरिएको छ ।

कार्यक्रम बिहान ०९:३० बजे सुरु हुने छ भने बेलुकी १८:३० बजे समापन गरिने जानकारी प्राप्त भएको छ । बिहान १० बजे भन्ते तिलोक ज्युका साथ उपस्थित भक्तजनहरु बुद्ध पूजा आराधणा गरी बुद्ध धम्म देशना गरिने छ । १२ :३० बजे पश्चात भन्त तिलोक ज्यु बाट बुद्ध दर्शन सम्बन्धी प्रवचन दिने कार्यक्रम रहेको छ । उक्त समारोहमा नेपाली तथा बिदेशी बुद्ध संघ सम्बन्धित संघ संस्थाहारुबाट बिशिस्त पाहुनाहरुलाई निम्तो दिईेको छ । कार्यक्रम प्रवेश निशुल्क रहेको छ भने श्रदालु भक्तजनहरुबाट निशुल्क भोजनको व्यवस्था पनि गरिएको छ ।

बुद्ध जयन्तीको उपलक्ष्यमा हरेक बर्ष मगर संघ यु केले नेपाल बाट भिक्षु आमन्त्रित गरी बुद्ध जयन्ती मनाउने गरेको छ ।बिशेष गरी बुद्ध नेपालमा जन्मेर पनि नेपालीहरुले बुद्ध शिक्षाको अवसर बाट वन्चित भएको,बुद्धको नाम मात्र उच्चारण गर्न सक्ने, बुद्ध शिक्षा बारे सैदान्तिक र व्यवहाँरीक ज्ञान नभएको ।बुद्ध नेपालमा जन्मे पनि बिदेशी अनभिज्ञ रहेको , बुद्ध कुनै धर्म नभएर एउटा जीवनजिउने कला हो,शिक्षा हो भन्ने कुरा अनुभव गर्न नपाएको, बुद्धले पत्ता लगाउनु भएको चार आर्य सत्य के हो ,बुद्धले सिकाएको अस्टाङिक मार्ग के हो लगायत बुद्ध धर्म के हो ?बुद्ध शिक्षालाई अझ चिर परीचित गराउनु र उनले संसारमा प्राणी जगतको लागि दिएको योग्दानको इस्मर्ण गर्नु ,सन्सारमा भै रहेको अशान्ती ,व्यापक अन्धविश्वास , भ्रम आदिबारे जनचेतना फैलाउनु नै कार्यक्रमको मुख्य उदस्य भएको मगर बुद्धिस्ट सोसाईटिका अध्यक्ष कृष्ण दर्लामीले जानकारी दिनु भयो ।


हार्दिक निमन्त्रणा !
यही आउदो २१ मे २०१६,शनिवारका दिन मगर संघ यु केद्वारा आयोजना गरिने २५६०औ बुद्ध जयन्ती समारोह(विशाक डे ) भव्यताका सफल बनाउन सम्पूर्ण महानुभवहरुमा हार्दिक अनुरोध गर्दछौ ।
नेपाल बाट पाल्नु हुने श्रद्य भिक्क्षु टिलोक ( ओम राना मगर )को प्रमुख आतिथ्य तथा लुम्बिनी बुद्ध विहारका भिक्क्षु ईन्द्रशकको बिशेष उपस्थितिमा हुन गई रहेको उक्त पुण्य कार्यक्रममा स-परिवार उपस्थित भई ,नेपाली पहिचान ,नेपालिको गौरव सम्पूर्ण प्राणी जगतको भलो चाहने भगवान बुद्धको यस् गरिमामय दिन भव्यताका साथ मनाऔ ।

कार्यक्रमको रुप रेखा 
१। बिहान बुद्द पूजा -श्रद्य भन्ते टिलोक ,श्रद्य भन्ते ईन्द्रशक तथा सम्पूर्ण धम्म मित्र हरुबाट
२। श्रद्य भन्न्ते तिलोक ज्युबाट बुद्ध दर्शन सम्बन्धी प्रवचन
३ श्रदय भन्ते ज्युबाट पुण्य अनुमोदन

कार्य क्रम हुने स्थान
ह्यारो फुट्बल क्लब ,साउथ ह्यारो ,लन्डन ,HA2 8SS
समय :-शनिवार , बिहान ०९:३० देखी बेलुकी १८:३० बजे सम्म
प्रवेश :-निशुल्क
श्रदालु भक्त जनहरुबाट निशुल्क भोजनको व्यवस्था गरिएको छ ।

बुद्द नेपालमा जन्मेको भनेर मात्र नबसौ
बुद्ध शिक्षा घर घरमा जन जनमा फैलाऔ
नेपाली पहिचान बुद्ध धर्मको प्रचार गरी बिस्वो भर फैलाऔ
तमाम कुरिती, कुसन्स्कार ,अन्धबिश्वास आजै देखी तन मन देखी फालौ
२५६० औ बुद्ध जयन्ती भव्यताका साथ मनाई नेपाली हुनुको गौरव गरौ
सम्पूर्ण नेपालीको पहिचान जोगाऔ
२१ मे मा लन्डन जाऔ ,बुद्ध जयन्ती समारोह भव्यताका साथ सफल पारौ ।
-बुद्ध जयन्ती प्रचार प्रसार समिती
-आयोजक मगर संघ यु के ,मगर बुद्धिस्ट सोसाइटी यु के

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %