गोलीलाई जित्ने बोली: सभामुख घर्तीको

Read Time:4 Minute, 9 Second

हुमबहादुर पचभैया थापा मगर

भरतपुर ,१८ बैशाख – नेपाल मगर संघको एघारौ महाधिवेशन उध्घाटन समारोहलाई सम्बोधन गर्दै सम्भामुखको गोलीलाई जित्ने बोली भइसकेको छ ।
सभामुख मगरले नेपालको एकिकरण र रक्षाको लागि ईतिहासका का बिभिन्न काल्खन्डमा मगर समुदायले योगदान पुराएको स्मरण गरिन ।
प्रिथिविनारयण शाहले नेपालको एकिकरण गर्ने क्रममा हाम्रा पुर्खाले रगत बगाएका थिए । उनले भनिन हिजोका जनयुद्द र अन्य आन्दोलनअंा पनि हामी मगर हरुले रगत बगाएका छौ । राष्ट्रनिर्माता प्रिथिविनारायण शाहले गरेको नेपाल एकिकरणको प्रशन्शा गरेकी सभामुख मगरले मगर हरु राज्यको मालिक हुनु पर्ने बताइन । संघियताको वर्तमान सिमान्कन प्रती असुन्तुस्ती व्यक्त गर्दै उनले भनिन मगरात आज तुक्रिएको छ एकै ठाउमा आउन सकेको छैन । जसरी पनि संबिधान जारी गर्नु पर्ने बाध्यताका कारण यस्तो हुन पुगेको बताउदै उनले मगर संघ का माग पुरा गराउन निरन्तर  आवाज उठाइरहनु पर्ने सुझाव दिए ।

देशको निर्माण र रक्षाको लागि मगर हरु एक छौ भन्ने सन्देश महादिभेशनले दिन सक्नु पर्ने भनाइ थियो । सभामुख मगरले माहाधिवेशन उद्घातान समारोहमा मगर संघ मुखपत्र र बोम बहादुर घरती मगर द्वारा लिखित पुस्तक बिमोचन गरिन ।
संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको अध्यक्षतामा सम्पन्न समारोह चितवोन जिल्ला अदक्ष्य सुर्विर थापा मगर ,आदिवासी जनजाती माहासंघ चितवोनका अध्यक्ष पदम बहादुर गुरुङ एमाले सान्सद तथा सचेतक गुरु प्रशाद घरती मगर ,संस्थापक महासचिव सुरेश आले मगर मगर अन्तरराष्ट्रिय फोरमका सम्योजक थर्क राना मगर लगायतले आ आफ्नो मन्तव्य दिएका थिए ।

महाधिवेशन उद्घातन अघी भरतपुर उपमहानगरपालिका क्षेत्र नारायनी कला मन्दिर क्यापस चौर बाट मगर भेश भुशामा सजिए र बजा गाजाका साथमा नगर पारीक्रमा गरी बिरेन्द्र बहुमुखी क्यापस लाइन चोक पुगेर सभामा परिणत भएको थियो । चितवोन को भरतपुरमा शनिबार सुरु भएको मगर संघको महाधिवेसन २२ गते बुधवार नयाँ नेत्रित्वो चयन गर्दै सकिने छ ।

नेपाल मगर भूतपूर्व सैनिक/ प्रहरी संघका के.अ हुमबहादुर पचभैया थापा मगर, यूके मगर संघका अध्यक्ष नेम थापा मगर, मगर संघ हंगकंगकी अध्यक्ष चन्द्र ज्योति अाले मगर लगायत देश/बिदेसका सस्थाका अध्यक्षहरूलाई मन्चमा राखियको थियो ।
म्हाधिवेशनको मुल नारा ‘अधिकार सम्पन्न एकीकृत मगरात स्वायत्त प्रदेश प्राप्तिका लागि साझा अभियान, मगर समूदायको आर्थिक समृद्धि र सामाजिक रूपान्तरण पक्षमा ११ अौ रास्टिय महाधिवेशन तय गरिएको छ ।


महाधिवेशनमा संघको ६६ जिल्ला, नेपाल मगर भूतपूर्व सैनिक/ प्रहरी संघ गरी ६ भातृसस्था,र बिेदेस साखा बाट १२ गरि कुल ३ सय १६ जना प्रतिनिधि र २५० जना पर्यबेक्षकले भाग लिईरहेका छन ।

महाधिवेशन स्थल बाट 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %