साहित्यकार तिगेलाले लण्डन म्याराथन दौडबाट ३ लाख उठाए

Read Time:1 Minute, 47 Second

लन्डन
-राजु सुब्बा
गत २४ अप्रिल २०१६ का दिन आयोजित विश्व कै ठूलो मध्येको एक लण्डन म्याराथन २०१६ च्यारिटी दौडबाट साहित्यकार विश्वास दीप तिगेलाले १०३ सहयोगी दाताहरुबाट नेरु ३ लाख २७ हजार उठाएका छन् ।

तिगेलाले ४२.१६ किलोमिटर दुरीलाई निरन्तर ५ घण्टा र ५ मिनेटमा पारगरेका थिए । नेपालबाट भारतका सर्कसहरुमा वेचिएका नेपाली वालबच्चाहरुको उद्धार गर्ने चाइल्ड रेस्क्यू नेपाल ट्रष्टको सहयोगार्थ तिगेलाले च्यारिटी संकलन गरेका हुन । यस बर्षको म्याराथनमा सहभागिता जनाउन विश्वभरबाट साढे दुईलाखले आवेदन भरेपनि ३९ हजारले मात्र दौडने अवसर प्राप्त गरेका थिए । युकेमा रहेका नेपालीहरु मध्ये तिगेला लगायत मेजर प्रेम आले, जगत नवोदित र प्रियम्दा पौडेलले सहभागिता जनाएका थिए ।

म्याराथनमा प्रथम हुने केन्याली धावक इलियुड किपचोजले विश्व रेकर्ड तोडदै १० लाख युएस डलर जित्न सफल बने भने ब्रिट्रिस सेनाका क्याप्टेन डेभिड सेठ दौड पुरा गर्न जोडबल गरेकै कारण दुरी पुरा नहुदै निधन भयो । यस म्याराथनमा सहभागिता पाउनु र दुरी पुरा गर्नुलाई विश्वभर ठूलो सम्मानको रुपमा हेरिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %