नेपाली संघीय समाज युएई, क्षेत्रिय समिति आबुधाबी गठन, नव वर्षको शुभकामना कार्यक्रम सम्पन

Read Time:7 Minute, 46 Second

उमेश राई

३० अप्रिल युएई-नेपाली संघिय समाज युएईले आफ्नो क्षेत्रिय समिति आबुधाबी गठन गर्दै, नव वर्ष २०७३ को शुभकामना सहित पिकनिक कार्यक्रम भव्यरुपमा सम्पन्न गरेकोछ ।
गत २९ अप्रिल आबुधाबीको मुरुर कर्नेशपार्कमा समाजका अध्यक्ष हरि बहादुर घर्तिमगरको सभापतित्व, संघीय समाजवादी फोरम नेपालका पार्षद डेरराज गुरुङको प्रमुख आतिथ्य, समाजका केन्द्रिय प्रतिनिधि एवं भूपू अध्यक्ष भुवन राईको विशेष आतिथ्य, भूपू अध्यक्ष पासांगरेन्जी शेर्पा, प्रमुख सल्लाहकार कटक राई, नेपाल आदिवासी जनजाति परिषद् युएईका अध्यक्ष एवं सल्लाहकार मोहन कुमार तामांग र नेपाल मगर संघ, युएईकी अध्यक्ष एवं समाजकी महिला विभाग प्रमुख समेत रहेकी शुशी पुलामीको आतिथ्यता रहेको प्रारम्भमा क्षेत्रिय समिति निर्माण गर्न जम्मा भएको भेलाले कर्ण सिं बिष्टको अध्यक्षतामा १३ सदस्यीय, पूर्ण समावेशी हुनेगरी कार्यसमिति चयन गरेकोछ ।
जस अनुसार उपाध्यक्ष गीता पाध्याय,सचिव परशुराम राई, कोषाध्यक्ष धन कुमारी थापामगर, सदस्य गुणा रैकामगर, निमा शेर्पा, विजय तामांग, केशर थापामगर,पूर्णमाया थापामगर, गीता चौधरी, शुशिला दर्लामी मगर र सिमा राई रहेका रहेका छन् ।
क्षेत्रीय समिति गठन पश्चात भेलाले शुभकामना आदानप्रदान कार्यक्रममा प्रवेश गरेको थियो । कार्यक्रममा नेपाली संघिय समाज युएईकी सांस्कृतिक विभाग प्रमुख एवं नेपाल मगर संघ युएईकी केन्द्रिय सचिव आशा थापा मगर युएईको भिषा क्यान्सिल गरी नेपाल फिर्ता जान लाग्नु भएकोले उहाँलाई संघ र समाजले संयुक्त रुपमा खादा ओढाई, मायाको चिनो र पुष्प गुच्छाले विदाई गरेका थिए ।
शुभकामना आदानप्रदान कार्यक्रमलाई शुभकामना मन्तव्य दिदै, नेपाल आदिवासी जनजाति परिषद्का अध्यक्ष एवं सल्लाहकार मोहन कुमार तामांगले मुलुकमा भएको नश्लवादीहरुको कूशासनले मूलुकको सामाजिक, राजनैतिक, आर्थिक सवालमा डामाडोल बनाएका छन्, हाम्रो देशको अवस्था हेरेर विदेशीहरुले हामीलाई यहाँ पनि, त्यहि किसिमको व्यवहार गरिने तर्फ दुःख ब्याक्ता गर्दै यथासिघ्र नश्लवादी राज्य सत्ताको अन्त्य गर्नुपर्ने बताएका थिए । मन्तव्यको क्रममा केन्द्रीय प्रतिनिधि भुवनसिं राईले नश्लवादी शासकहरु अहिले मुलुकमा भएका आदिवासी, जनजाति, मधिसे, शिल्पी, मुस्लिम र खस लगायतका सम्पूर्ण जाति समुदायवाट घेरावन्दीमा परेको अन्य राजनैतिक पार्टी परित्याग गर्दै, संघिय समाजवादी फोरम नेपालमा प्रवेश गर्नेहरुको लर्को देखेर नश्लवादी शासक अतालिएको जिकिर गरे ।
सोहि क्रममा नेपाल मगर संघ युएईकी अध्यक्ष एवं नेपाली संघिय समाज युएईकी, महिला विभाग प्रमुख साथै पिकनिक कार्यक्रमकी संयोजक शुशी पुलामी मगरले पहिचान र अधिकारको लडाईमा पार्टीलाई आर्थिक रुपमा पनि इँटा थप्नको निम्ति, मेरो ब्याक्तिगत खर्चवाट आजको पिकनिकको व्यवस्था गर्न पाउँदा निकै खुसि लागेको बताउदै, पिकनिक तैयारी गर्न सहयोग गर्ने बहिनीहरुलाई हार्दिक धन्यवाद ब्यक्त गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं संघिय समाजवादी फोरम, नेपालका पार्षद् डेरराज गुरुङले राष्ट्रपति विधा भण्डारी प्रति कटाक्ष गर्दै भूकम्पले आयल कायल भएको जनतालाई भेट्न जाँदा लाखौको हेलिकप्टर चार्टर गरेर लाखौको साडी र हजारौको चस्मामा सुपर मोडल जस्तो भएर जाँदा संसारभरीका मान्छेहरु उनलाई देखेर हाँसेको बताउदै यो नश्लवादी राज्य सत्ताको तडक भडक छिटै अन्त्य हुने दावी गरे ।
उनले अगाडी भने वर्षौ देखि क्रियाशील नेपाली कांग्रेस र कम्युनिष्टहरुले देशलाई २१ सौं सताब्दीमा पनि मुट्ठी भर नश्लावादीहरुको एकल पकटमा कैद गरी ८०५ भन्दा बढी जनाताहरुलाई शाशन सत्ता संचालनमा पुग्न नदिएकोले नै हाम्रो देश कंगाल हुन पुगेको स्मरण गर्दै विविधताले भरिपूर्ण नेपाली समाज अनुसार कै समाबेसी राज्य सत्ता र सबै समुदायहरुको साझेदारीमा शाशन संचालन गर्न र सबै समुदायहरुको पहिचान, आत्मा सम्मान, स्वाभिमान र अस्तित्वको सम्मान हुने सुनिस्चित गर्न सक्ने पार्टी संघीय समाजवादी फोरम नेपालको स्थापना भएको र एकल जातिय बर्चस्व रहेका र नश्लावादीहरुले संचालन गरी रहेको पुराना पार्टीहरु कांग्रेस र कम्युनिष्टहरुलाई अन्तत बिस्तारै हाम्रै पार्टीले विस्थापन गर्ने जिकिर गरे ।
कार्यक्रमलाई समापन गर्दै सभापाति एवं नेपाली संघीय समाज युएईका अध्यक्ष घर्तीमगरले प्रारम्भमा हामीले पूर्ण समावेशी एवं समानुपातिक प्रतिनिधित्व आवाज उठाउदा हामीलाई जातिवादी, सामप्रदायिक एवं विखण्डनकारी भन्ने शासकहरुलाई नै अहिले नश्लवादी एवं जातिवादी भनेर संसारले चिनेको छ । यिनीहरुको नश्लवादी एवं जातिवादी मुकुण्डो पुनः कथित घोषणा भएको संविधानवाट उत्रेको हुँदा मुलुकमा भएको “संयुक्त राष्ट्रिय जनआन्दोलन” को निम्ति प्रवासवाट हुन सक्ने गर्न सक्ने सम्पूर्ण सहयोग गरिने उद्घोष गरे ।
महासचिव तेज राईले संचालन गरेको कार्यक्रमलाई बरिष्ठ उपाध्यक्ष दिपराज न्योहांग लिम्बुले स्वागत भाषण गरेका थिए । प्रमुख सल्लाहकार कटक राई र प्रवक्ता उमेश राई समेतले शुभकामना मन्तब्य दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %