नेपाल मगर संघकाे ११अाैं राष्ट्रिय महाधिवेशन

Read Time:3 Minute, 5 Second

राज्य सत्ता
१८ बैशाख शनिवार बिहान ८ः०० बजे पत्रकार सम्मेलन गरी १८-२२ गते सम्म हुन गैरहेकाे नेपाल मगर संघ केन्द्रिय समितिको ११ओैं महाधिबेशन सम्बन्धि सम्पूर्ण बिबरण १८ओैं बैठकले पारीत गरी सार्बजनिक गर्ने निर्णय गरेको छ । १०ओैं महाधिबेशन पछि निर्वाचित नेपाल मगर संघ केन्द्रिय समितिको यो बैठक अन्तिम हुनेछ । साथै यो बैठक अबिष्मरणिय संझि अब आउने नयाँ कार्यसमितिले मगरहरूको पहिचान, हक र हितको रक्षा गर्दै मगरात स्वायत्त प्रदेश प्राप्तिका लागि निस्वार्थ अगुवाइ गर्न सक्ने नेतृत्वको खोजि गर्नेछ भनि गम बहादुर थापामगरले rajyasatta.comलाइ जानकारी दिए ।
अहिले सम्म नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष पदका लागि बरिष्ट उपाध्यक्ष बशन्त घर्तीमगर, गंगा थापामगर, बालसिं काउछामगर, महासचिव नबिन रोकामगर, बम कुमारी बुढामगर छन ।
उपाध्यक्ष पदकालागि भने करीब १ दर्जन मगरहरूले दाबी गरेका छन । महासचिव पदकोलागि ज्ञानेन्द्र पुनमगर, माधव दर्लामीमगर र तेजेन्द्र थापामगर छन । कोषाध्यक्ष पदमा बर्तमान कोषाध्यक्ष राजेन्द्र थापामगर र पदमा आलेमगर चर्चामा छन ।
अधिकार सम्पन्न एकिकृत मगरात स्वायत्त प्रदेश प्राप्तिकालागि साझा अभियान, मगर समुदायको आर्थिक सम्बृद्धि र समाजिक रूपान्तरणको पक्षमा ११ओैं राष्ट्रिय महाधिबेशन भन्ने मुल नाराका साथ हुन लागेको महाधिवेशन सभामुख ओनसरी घर्ती मगरको बाहुलीबाट समुदघाटन गर्ने कार्यक्रम छ ।

चितवनको भततपुर स्थित बीरेन्द्र बहुमुखी क्याम्पसको प्राङगणमा हुनगैरहेको ११अाैं महाधिबेशन समुदघाटन कार्यक्रममा आपुर्तीमन्त्री गणेश मान पुनमगर, बिज्ञान तथा प्रबिधीमन्त्री शिवलाल थापामगर लगाएतको उपस्थिति रहने छ । महाधिवेशनमा मगर संघको ६६ वटा जिल्ला, ६ वटा भातृ संस्था र बिभिन्न देशमा रहेका मगर संघका प्रतिनिधि लगायत दुइसय पचास जना पर्यवेक्षक समेत गरी ५-६ सय जना मगरहरूको सहभागिता रहने अनुमान मगर संघको छ । हाल सम्म पर्यवेक्षक र प्रतिनिधिहरू आउने क्रम जारी नै रहेको छ ।

महाधिवेशनकाे केहि दृश्यहरूः

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %