पहिचानवादीहरुको शुभकामना कार्यक्रम एवं पिकनिक कार्यक्रमको तैयारी पूर्ण रुपमा सम्पन्न ।

Read Time:1 Minute, 51 Second

 उमेश राई

 अप्रिल,२८-नेपाली सङ्घिय समाज युएईको आयोजनामा भोलि २९ अप्रिल शुक्रबार दनको १ वजेदेखी, आबुधाबीको मुरुर कर्नेशपार्कमा हुने पहिचानवादीहरुको, बिक्रम सम्वत २०७३ नयाँवर्ष शुभकामना आदानप्रदान  एवं  पिक्निक कार्यक्रमको तैयारी पूर्णरूपमा सम्पन भएको,शुभकामना कार्यक्रमका सम्योजक वरिष्ठ उपाध्यक्ष दिपराज न्योहाङ्ग लिन्बु र पिकनिक कार्यक्रमकि सम्योजक महिला विभाग प्रमुख शुशी पुलामी मगरले जानाकारी दिएका छन्  ।

बष्तुतस् सतहमा विभिन्न राजनैतिक विचारको कुरा गरिएपनि, खासमा मूलुक अहिले पहिचान पक्ष एकतर्फ र पहिचान बिरोधि अर्कोतर्फ ध्रुबिकरण भै रहेको विधमान अवस्था, नववर्ष २०७३ को अवसर पारेर शुभकामना आदानप्रदान एवं पिकनिक कार्यक्रमको मनोरंजन लिदै युएईमा रहेका  पहिचानवादीहरुलाई एकठाउँमा बनाई , नेपालमा चलिरहेको राष्ट्रिय संयुक्त जनाअन्दोलनलाई प्रवासवाट केकसरी सहयोग पुराउन सकिन्छ भन्ने व्यापक छलफल गर्ने, उदेश्य रहेको समाजका अध्यक्ष हरि बहादुर घर्ती मगरले जानाकारी दिए ।

कार्यक्रममा युएईका सात स्टेट दुबई,सारजा,अमन कुइन,फुजेरा र अलेनवाट ठूलो संख्यामा पहिचान पक्षधरहरुको सहभागिता हुने समेत जानाकारी प्राप्त भएकोछ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %