रूद्र श्रीसमगर
पोखरा, १३ वैशाख – नेपाल मगर पूर्व सैनिक तथा प्रहरी संघ कास्कीको अध्यक्षमा पूर्व प्रहरी नायब निरीक्षक चन्द्रप्रकाश थापामगर चयन हुनुभएको छ ।
(कास्कीका नवनिर्बाचित पदाधिकारी/सदस्यको साथमा के.अ)
बेलायती, भारतीय, सिंगापुर तथा नेपाली पूर्व सैनिक र प्रहरी मगरहरूको भेलाले संघको गठन गरेको हो । भेलाबाट उपाध्यक्षमा क्षेत्रबहादुर थापामगर, सचिवमा जीवनकुमार थापामगर र कोषाध्यक्षमा धनबहादुर थापामगर चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा टेकबहादुर थापामगर, लोकबहादुर थापामगर, खुमबहादुर थापामगर, श्यामबहादुर थापामगर, वीरेन्द्र थापामगर, तमानसिंह पुनमगर र क्या. पूर्णबहादुर पल्लीमगर रहनुभएको छ । समितिमा एक नम्बर इकाइ हेम्जा देखि दीप नगर,नयाँ बजार,बैधाम, धोरे पाटन, राम बजार लगायत चाउथे कदम मार्ग गरी १५ सम्मकालाइ समितिमा राखिएको छ । त्यस्तै, केन्द्रीय प्रतिनिधिमा सु. चन्द्रबहादुर मसराङ्गीमगर र रामबहादुर पुनमगर चयन हुनुभएको छ ।
(नेपाल मगर संघ कास्कीका अध्यक्ष पुर्ण ब. थापा मगर)
यसअघि, सो भेलाको उद्घाटन गर्दै नेपाल मगर पूर्व सैनिक तथा प्रहरी संघका केन्द्रीय अध्यक्ष हुमबहादुर पचभैया थापामगरले मगर भूपूहरूको हक, अधिकारका लागि संगठित हुनु परेको बताउनुभएको थियो । पूर्व सैनिक तथा प्रहरी संघ २०६६ सालमा स्थापना भएको थियो ।
नेपाल मगर संघको बिधानमा भातृ सस्थाको ब्याबस्था भएता पनि नेपाल मगर संघले हाल सम्म स्विकार गरेको थिएन । लामो समयको रस्साकस्सि पछि चैत्र २७,२०७२का दिन ज्ञापनपत्र बुझाउन भूपूहरू चितवन पुगे पछि नेपाल मगर संघ केन्द्रिय समितिको चितवन पूर्ण बैठकले आबद्धता दिएको अध्यक्ष थापाले भेलालाइ जानकारी गराउनु भयो ।
नेपाल मगर संघको आसन्न ११ औ राष्ट्रिय महाधिवेशनलाइ भब्य सफल बनाउन थापा जिल्ला जिल्ला पुग्नु भएको हो । थापाका अनुसार काठमाण्डौ,ललितपुर,तनहुँ,कास्की,स्याँगजा,पाल्पा,कपिलबस्तु ,रूपन्देही,परासी,चितवन र सुनसरी गरी ११ जिल्लाका भूतपूर्ब सैनिक तथा प्रहरीहरू उपस्थित हुने छन ।
सो अवसरमा नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर जातिको हक, अधिकार प्राप्तिको आन्दोलनमा मगर भूपूहरूले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको थियो ।
सो अवसरमा भर्तीको फन्दाका चर्चित लेखक तथा राष्ट्रिय /अन्तराष्ट्रिय छबि बनाएका बरिस्ठ पत्रकार मनोज घर्ती मगरले “नेपाल मगर संघलाइ पैसा चाँहिने, भूपू सैनिक नचाँहिने” भन्ने मेरो लेखले सारा पूर्ब सैनिक तथा प्रहरीहरूको मुद्दा जितेकोमा खुसी ब्याक्त गर्नु भएको थियो ।
उपस्थित सम्पूर्ण मगर पूर्ब सैनिक तथा प्रहरीहरूले नेपाल मगर संघमा आबद्धता गराउन सफल भएकोमा खुसी ब्याक्त गर्दै अध्यक्ष पचभैया मगरलाइ धन्यबाद समेत दिएका थिए ।
कार्यक्रमको सहजिकरण पत्रकार मनोज घर्ती मगरले गर्नु भएको थियो ।
(अध्यक्ष चन्द्रप्रकाश थापामगरलाइ संघको बिधान हस्तान्तरण गर्दै)