न्यू इयर चमकदमक

Read Time:3 Minute, 45 Second

मनोज घर्तीमगर

बैशाख,१पोखरेलीलाई बहाना चाहिन्छ, डान्स पार्टी आयोजना भइहाल्छ । तीजमा –डान्स पार्टी । गाइजात्रामा –डान्स पार्टी । दशैंमा –डान्स पार्टी । तिहारमा –डान्स पार्टी । क्रिसमस आयो –डान्स पार्टी । होली आयो –डान्स पार्टी । नयाँ वर्ष आयो –डान्स पार्टी । पोखरेलीको पहिचान भइसकेको छ –डान्स पार्टी  । नयाँ वर्ष २०७३ आउनै लाग्दा पोखरेलीको चमकदमक बढ्दो छ । न्यू इयर इभका विशेष गरि लेकसाइडमा अनेकन कार्यक्रम हुँदैछन् ।

नयाँ वर्षलाई भन्दै पोखराका केही डिस्कोहरु पार्टीका लागि बुक भैसकेका छन् भने डान्सबार, रेष्टुराहरुमा पनि डान्स पार्टीका लागि बुकिङ भइरहेका छन् । पोखराको लेकसाइडस्थित चल्तिको डिस्को ओजन डिस्को एण्ड लञ्जबार न्यूइयरका लागि दुई समूहले बुक गरिसकेको छ । जहाँ न्यूइयर इभमा एफटिआर कलेक्टिभ ब्याण्डले विभिन्न सांगीतक प्रस्तुति देखाउँदैछ । प्रस्तुति हेर्न दर्शकहरु निःशुल्क प्रवेश गर्न पाइने डिस्कोका इभेन्ट म्यानेजर ओम लामाले जानकारी दिए । ‘ब्याण्डको मेन भोकलिष्ट विदेशी हो । उनीहरुको प्रस्तुति विशेष रहनेछ’ म्यानेजर ओम लामा भन्छन्,‘त्यसको भोलिपल्ट पनि इन हाउस ब्याण्डको प्रस्तुति रहनेछ ।’

पोखराको लेकसाइड नै रात्री जीवनको रमाईलो गर्ने ठाउँ हो । त्यहाँ रहेका क्लब प्याराडिसाइ, बिजिबी, एम्सड्यान लगायतमा शुक्रबार र शनिबार डान्स पार्टी खाली हुँदैन । अब त झन् नयाँ वर्षले च्याप्दै आएको छ । ब्यञ्जन रेष्टुरेन्टले हरेक नयाँ वर्षमा कुनै न कुनै कार्यक्रम गरिरहन्छ । यो वर्ष पनि उसले निरन्दरता दिँदै ‘डिजे नाइट’ गर्दैछ । ‘नेपाली नयाँ वर्षलाई खुसीयाली साथ मनाउनलाई डिजे नाइट गर्दैछौं । बाहिरबाट आउने ग्राहलाई नयाँ वर्षमा डिस्काउन्ट कुपन र गिफ्ट ह्याम्पर पनि दिन्छौं’ व्यञ्जनका संचालक वैभव पौडेल भन्छन्,‘सँधै बाहिरबाट कलाकार ल्याइन्थ्यो । यो पटक लोकलाई प्राथमिकता दिने योजनामा छौं ।’

लेकसाइडको होट स्नोल्याण्डले महिनैपिच्छे कुनै न कुनै कार्यक्रम गरिरहन्छ । उसले आफ्ना ग्राहक तान्न नयाँ नायँ कार्यक्रम गरिहन्छ । नयाँ वर्षलाई पनि उसले अवसरको रुपमै लिएको छ । न्यू इयर इभमा स्नोल्याण्डले तीन वटा  ब्याण्डका साथमा सांगीतिक कार्यक्रम गर्दैछ । यस्तै ११ देखी १२ बजेस्म्म डिजे सेसन चलाउने स्नोल्याण्डका संचालक गणेश थापाले बताए । ‘ग्राहकलाई मनोरञ्जन दिनुका साथै न्यू इयरमा सबै रमाउँ भनेर कार्यक्रम गर्दैछौं’ संचालक थापा भन्छन्,‘कार्यक्रममा राष्ट्रियस्तरका कलाकारको पनि सहभागीता हुनेछ ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %