खपाङ्गी र ओनसरीलाई जिबसि प्रतिश्ठानमा सम्मान

Read Time:3 Minute, 5 Second

राज्यसत्ता

काठमाडौं,चैत्र २८ नेपालको इतिहासमा पहिलो महिला सम्माननीय सभामुख ओनसरी घर्ति मगर ‘उषा’ लाई जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले काठमाडौंमा सम्मान गर्यो ।

 मगरका धरोहर, आदिवासी जनजाति अभियन्ता र राजनीतिकर्मी, नेपाल मगर संघ (तत्कालिन, नेपाल लाङ्घाली परिवार)का संस्थापक केन्द्रीय सदस्य, पूर्व अध्यक्ष एवं पूर्व मन्त्री गोरेबहादुर खपाङ्गी मगरलाई सम्मान सहित रु. २०,०००/– नगदको जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७१, प्रमुख अतिथी सम्माननीय सभामुख ओनसरी घर्ति मगरले खपाङ्गीका श्रीमतिलाई  प्रदान गरे ।

 त्यसैगरी मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले रु. ५०,०००/– नगद र सम्मानपत्र जीबसीम साहित्य पुरस्कार–२०७१, पोखरा–७, एयरपोर्ट निवासी रुद्रबहादुर हितान मगर, र रु. १०,०००/– नगद र सम्मानपत्र जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७१, मिरुल–५, दाइपो, रोल्पा निवासी समिप बैरागी (टंकबहादुर झाँक्री मगर), लाई  प्रदान गरे ।

जीबसीम साहित्य पुरस्कार–२०७१ को पुरस्कार राशी रु. ५०,०००/– छ । पुरस्कार राशी हरेक वर्ष रु. ५०००/– ले बृद्धि गर्दै लगिएको छ । मगर भाषामा  ‘लाङ्घाके आरमेट्नाङ्’ (गाउँलाइ सम्झन्दा, कविता संग्रह–२०५०) र ‘लखन ठापा ल्हीङ–रील्हीङ्’ (लखन थापा, गीती काव्य–२०७१) लेखेका हितान मगर, मगर जातिका अभियन्ता पनि हुन् ।

जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७१ को पुरस्कार राशी रु. १०,०००/– छ । अठार मगर खाम भाषामा पहिलो मुक्तक संग्रह ‘जिन्दगीला यम’ (मुक्तक संग्रह–२०७२) लेखेका बैरागी प्रतिभाशाली लेखक हुन्।पुरस्कार वितरण समारोहमा विशेष अतिथी सुरेश आले मगर अतिथी सुलोचना मानन्धर, पुरस्कृत व्यक्तित्व रुद्रबहादुर हितान मगर र समिप बैरागी मन्तव्य राखेको थियो ।

सन्त गाहा मगरको स्वागत मन्तव्य लेखक माकिमले सञ्चालन गरेको कार्यक्रम सञ्जोग लाफा मगरको सभापतित्वमा भएको थियो । व्यक्तित्वलाई २०७२ चैत्र २७ गते शनिवार काठमाडौंमा भव्य समारोह विच सम्मान सहित पुरस्कार वितरण गरिने छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %