‘आमा’बारे म्यूजिक भिडियो

Read Time:1 Minute, 48 Second

मनोज घर्ती मगर

संचारकर्मी एवं लोकदोहोरी गायक सुरज आचार्यले आमाको महिमालाई गीतमा उतारेका छन् । सुरजको आफ्नै शब्द अनि स्वर र कारण तामाङको लयमा तयार भएको गीतको म्यूजिक भिडियो बजारमा आएको छ । जनता डिजिटलले प्रस्तुत गरेको भिडियोमा ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी कलाकर मिश्री थापाले ‘आमा’को भूमिकामा अभिनय गरेकी छिन् । त्यस्तै गायक सुरज र मिलन भुजेलको समेत अभिनय छ ।
‘दश धारा आमाको दुधको मुल्य सायदै कसैसँग तुलना गर्न सकिन्न । आमाको सन्तान प्रतिको माया र बुढेसकालको लाठि छोराहरुले आमाका निमित्त गर्न सक्ने त्यागलाई गीतमा उठाएको छु’ गायक सुरज आचार्यले भने,‘मेरि आमाको सुझाव र गाउँकै एक ९७ वर्षिया बज्यैको प्रेरणाले यो गीत लेखेको हुँ ।’ सुरजले यसअघि ‘अन्त कतै नजर लाइन नि…’ र ‘झ्याप्पै माया बस्यो…’ एल्बम बजारमा ल्याइसकेका छन् । बृद्धाश्रममा आफ्ना बुढा आमा बुबालाई छोड्ने, बृद्धाबृद्धलाई अबहेलना गर्ने सस्कार फस्टाईरहेको बेला आमाको निमित्त सन्तानले केके गर्न सक्छन् भन्ने भिडियोमा देखाइएको आचार्यले बताए । रेशम दर्लामीले खिचेको भिडियोलाई अभय सापकोटाले निर्देशन गरेका हुन् भने यसमा करिब एक लाख लगानी भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %