मगर महिला संघ हंगकंगले नयाँ बर्ष मनायो

३ अप्रिल, हंगकंग, मगर महिला संघ हङकङको आयोजनामा  मंकिहिलको डाडांमा  नयाँ बर्ष २०७३ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । संघकी अध्यक्ष युगमायां राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मगर संघ हङकङकी अध्यक्ष चन्द्राज्योती आले मगरले  प्रमुख अतिथ्य ग्रहण गर्दै सम्बोधन गरेकी थिइन । आजको युगमा महिला र पुरूष समान भएकोले अब महिलाहरू पनि हरेक कुरामा अगाडी बढ्नु पर्ने आवश्यकता भएको आले मगरले बताइन ।  उक्त कार्यक्रम महिलाहरूबाट आयोजित भएको हुंदा बिभिन्न संघसंस्थाका महिला बिभाग प्रमुखहरू लगायत अध्यक्ष तथा प्रतिनिधीहरूले अतिथ्य ग्रहण गरेका थिए । मगर बर्ष  महिलाहरू तथा मिस मगर हङकङ २०१६ का प्रतियोगिहरूलार्इ सम्मान गरीएको थियो ।

 संघकी उपाध्यक्ष कुमारी थापा मगरले स्वागत मन्तब्य दिएकी थिइन । अतिथीहरूबाट नेपाली नयांबर्ष २०७३ लाई स्वागत गर्दै शुभकामना ब्यक्त गरीएको थियो । औपचारिक खण्डको कार्यक्रमलाई संघकी सचिब शर्मिला पुलामी मगरले सञ्चालन गरेकी थिइन ।