नेता खपांगीको हस्पिटल उपचार यसरी हुदैछ

नन्द बहादुर घर्ती मगर

काठमाण्डौ,चैत २२ – नेता गोरेवहादुर खपांगीको पिसाव र छातीमा इन्फेक्सन देखापरेपछि १५ चैत २०७२ तदनुसार २८ मार्च २०१५ को नेपाली समय साँझदेखि काठमाण्डौंको वाँसवारीस्थित न्यूरो हस्पिटलमा उपचारार्थ भर्ना गरिएको छ ।

नेता खपांगीलाई हस्पिटलको क्याविनमा राखिएको छ । हस्पिटल प्रशासनले दिएको जानकारी अनुसार दैनिक नेपाली १६ हजार खर्च भइरहेको छ । दोश्रोपटक पुनः ल्याव परिक्षणले स्वास्थ्यमा सुधार देखिएमा ७–१० दिनसम्म हस्पिटलमा राखिनुपर्ने संलग्न डाक्टरको भनाई रहेको छ, “नेता खपांगीको जेठा छोरा शिलाजीत खपांगी भन्नुहुन्छ ।” नेता खपांगीको हस्पिटल उपचार खर्चको लागि कहिंकतैवाट पनि उत्साहजनक उपस्थिति देखिएको छैन ।

यी सवै परिस्थितिको जानकारीसहित ‘गोरेवहादुर खपांगी फाउण्डेशन’ मा परिवारको तर्फवाट शिलाजीत खपांगीले विशेष अनुरोध गरेपछि मासिक रु. ७ हजार रकम सहयोग गर्ने फाउण्डेशनको नीति तथा कार्यक्रम अन्तरगत २०७३ साल वैशाखदेखि कात्तिकसम्मको जम्मा ७ महिनाको कुल नेपाली रुपैयाँ ४९ हजार एकमुष्ट फाउण्डेशनले उपलव्ध गराएको छ । उपचार खर्चवारे जीवी फाउण्डेशन अध्यक्ष हुम थापासँग जिज्ञासा राख्दा उहाँ भन्नुहुन्छ, “अक्षय कोष सिर्जना गरि त्यसको व्याजले नेता खपांगीको उपचारमा थोरै भएपनि आर्थिक राहत पु–याउने हाम्रो उद्धेश्य छ ।

अहिले संस्थासँग भएको पैसा ५० हजार जति नै थियो । यहि वक्यौता पैसा हस्पिटल उपचारको लागि आपतकालीन सहायता प्रदान गरेका छौं । अव शुभचिन्तकहरुवाट स्वःऐच्छिक चन्दा सहयोग लागि हात थाप्नुको विकल्प छैन ।” जेठा छोरा शिलाजीत खपांगीसँग स्वास्थ्यस्थितिवारे जिज्ञासा राख्दा वुवाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको वताउनुहुन्छ ।

ल्याव टेष्टको दोश्रो चरणको प्रक्रिया अगाडि वढाएको छ त्यसको रिपोर्ट के कस्तो आउछ त्यसकै आधारमा डिस्चार्जको सवाल आउछ होला, शिलाजीत खपांगी भन्नुहुन्छ । जीवी फाउण्डेशनको स्वामित्वमा रहेको www.khapangitrust.org नामको अनलाइनमा राखिनुपर्ने सामाग्रीहरुवारे The Magars Creation ले प्रक्रिया अगाडि वढाईरहेको छ । केहि सामाग्रीहरुको मस्यौदा तयार भइसकेको र त्यसलाई अन्तिम रुप दिने क्रममा फाउण्डेशनमा छलफल चलिरहेको खवरसमेत प्राप्त भएको छ ।