एनआरएन बेलायतको सदस्यता अभिवृद्धि अभियान

Read Time:3 Minute, 24 Second

रोशन मेवाहाङ

लण्डन चैत्र १९ । एनआरएन बेलायतले सदस्यता अभिवृद्वि अभियान सुरुवात गरिएको अध्यक्ष मुछेत्र गुरुङले बताएका छन् ।
बेलायतमा रहेका आफ्ना सदस्यहरुलाई के कस्ता सेवा सुविधा र कति प्रतिशत सम्म डिस्काउन्ट गर्न सकिन्छ भन्ने कुरामा बेलायतको मुख्य मुख्य नेपाली बस्तीहरु भएको ठाँउमा नेपाली व्यवसायीहरु संग परामर्श गरिरहेको जानकारी गराएका छन ।
बेलायतको मुख्य बस्तीहरु हेमसायर, बाक्सर र रिडिङमा रहेका व्यवसायीहरु संग पुर्णरुपमा सम्झौता भईसकेको गुरुङले खुलासा गर्दै यसै क्रममा बेलायतका पुर्वि शहर केन्टस्थित फोक्स्टनमा शुक्रवार १ अप्रिलमा एभरेष्ट क्याफे एण्ड बार, एभरेष्ट क्यास एण्ड क्यारी, गोर्खा प्यालेस नेपाली रेष्टुरेन्ट, ओरेन्टियल बफेट रेष्टुरेन्ट एण्ड बार, गोर्खा हिल, पोखरा ट्राभल र लेमोनलिफ रेष्टुरेन्ट एण्ड बार साथै आश्फोडमा नमूना रेष्टुरेन्ट, सेवा सुन पसल, प्रिमियर मिनि मार्टका व्यवसायीहरु संग सम्झौता भएको बताए ।
चुनावी माहोलमा मात्रै मान्छेहरुलाई कोठे बैठक बस्दै केहि पदलिप्त षढयन्त्रकारीहरुले सदस्यता बनाउने र बन्ने प्रथालाई निरुत्साही पार्नका लागि सदस्यहरुलाई भरपुर सेवा र सुविधा पुर्याउने लक्ष्य रहेको संघका उपाध्यक्ष ग्राण्ड मास्टर राष्ट्र राईले बताए । केन्ट व्यवसायी एनआरएन सल्लाहकार तथा पोखरा ट्राभलका प्रबन्धक ज्ञान गुरुङले लिड रोलमा अध्यक्ष गुरुङको टोलिलाई दिनभर सहयोग गरेका थिए ।
एनआरएन सदस्यता किन बन्ने र यहाँबाट के कस्ता सेवा र सुविधा पाउँन सकिन्छ ? भन्ने सवालमा गुरुङले भने-एनआरएन भनेको सबै नेपालीहरुको साझा संस्था हो भन्ने रुपले चिन्न सकिन्छ । साधारण घरपरिवारको लागि दैनिक व्यवहारमा सपिङ गर्न जादा, छुट्टीको समयमा परिवार संग रेष्टुरेन्टमा खान जादा, सुन चाँदी पसलमा किन्न तथा मर्मत गर्न जादा केहि प्रतिशत छुट सुविधा पाउँन सकिने अध्यक्ष गुरुङले बताए ।
चुनाबको समयमा मात्र सदस्य नबनेर अरुबेला पनि यो संस्था राम्रो रहेछ भन्ने अन्तरमनले बुझेर सदस्य बन्न आईदिनोस भनि नेपाली बस्तीहरु साथै व्यवसायीहरु सग अनुरोध गरिएको गुरुङले जानकारी गराउदै सम्पुर्ण बेलायतबासी नेपालीहरुलाई सदस्यता बनि दिन आवहान गरेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %