कृष्ण सारु मगर
दोहा कतार अप्रिल, ३-आन्तरिक मामिला मन्त्रालयको मानव अधिकार विभागले गएको २४ मार्च, २०१६ विहिबारका दिन ‘ह्युमन डिगनिटी फर अल’ भन्ने नाराका साथ प्रहरी कलेजको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरी अरब मानव अधिकार दिवसलाई भब्य मनाएको हो ।
अरव तथा एसियन कम्युनिटी जसले कतारको आन्तरिक मन्त्रालय सँग विभिन्न समयको कार्यक्रममा सहभागी र सहकार्य गरेका संस्थालाई पुलिस कलेजको डाइरेक्टर जेनेरल व्रिगेडर महम्मद अव्दुल्लाले सहभागी गैर आवासीय नेपाली संघ कतार समेत सम्मानित भएकोमा नेपाल आदिवासीजनजाति महासंघका प्रमुख सल्हाकार रहनु भएका संघका अध्यक्ष विनेश तामाङले उक्त मेडल तथा सम्मान पत्रलाई ग्रहण गरेको थियो ।
यसरी सम्मानित हुने अन्य देशहरू भारत, पाकिस्तान, श्रीलंका, मलेसिया, यमन, इजिप्ट इन्डोनेसियन, फिलिपिन्स, लगायतका सामाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ संस्थालाई समेत सम्मान गरेको छ ।
पुलिस कलेजकका डाइरेक्टर जेनेरल व्रिगेडर महम्मद अव्दुल्ला अल मुहन्नाले पुलिस कलेजको बारेमा कतारको मानव अधिकार सम्वन्धी अन्तराष्ट्रिय कानुनी प्रावधान अनुसारको मान्यतालाई समेटेको र पुलिस कलेज पनि मानवीय सेवाको अभिन्न अंग रहेको जनाउँदै स्वागत मन्तव्यमा प्रष्टाउनु भएको थियो भने, गृह मन्त्रलाय विभागको डाइरेक्टर लेप्टेनेन कर्णेल साअद सलिम अल दोसारी, कतारका राष्ट्रिय मानव अधिकार यूनियनका कानुनी डाइरेक्टर लगायतका वक्ताहरूले मानव अधिकार सम्वन्धी कार्यक्रमलाई संवोधन गर्दै अन्य वक्ताहरूले मन्तब्य राखेका थिए ।
विशेष पाहुनाको रुपमा आमन्त्रित युनाइटेड नेशनको प्रशिक्षण र डकुमेण्टेसन विभाग अरव क्षेत्रको डाइरेकटर डा. अल ओवेदि अहमद अल ओवेदीले मानव अधिकार सम्वन्धी कानुनलाई हरेक अन्तराष्ट्रिय सदस्य राष्ट्रले विभिन्न प्रशिक्षण, सभा र सेमिनार गर्दै आवश्यक सह्योग गर्नका लागि आफुहरू सदैव कटिवद्ध रहेको जानकारी दिएका उनले आयोजक कतार सरकार र प्रहरी अधिकृत जकालाई विशेष धन्यवाद दिएका हुन् । स्थानिय विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुखहरू, विभिन्न देशका संघ संस्थाका प्रमुखहरूको उपस्थितिमा अरब मानव अधिकार दिवसलाई भब्य सम्पन्न गरेको छ ।