मगर संघ युकेको अध्यक्षमा नेम थापालाई सहयोग गर्ने अर्का उम्मेद्धार सुनिल रानाको घोषणा

Read Time:3 Minute, 6 Second

राज्यसत्ता ब्युरो
काठमाण्डौ चैत्र १७,
यही चैत्र २० गते (अप्रिल २) मा हुने नेपाल मगर संघ युकेको महाधिबेशनमा नेम थापालाई समर्थन गर्ने अर्का उम्मेद्धार सुनिल रानाले घोषणा गरका छन । मगर संघ युकेको सबै भन्दा ठुलो शाखा यु,एच,एस,बि का सस्थापक अध्यक्ष समेत रहेका सुनिल रानाले युके मगर संघका उपाध्यक्ष नेम थापालाई समर्थन गर्ने घोषणा गरेको युके मगर संघका महासचिब बम थापा (सूर्यबंशी) ले जानकारी दिए ।
मगर संघ युकेका बिधान संसोधन संयोजक एबं केन्द्रिय समितिका सल्लाहकार समेत रहेका सुनिल रानालाई अध्यक्षको दाबेदार मानिएको थियो । रानाले आफु जस्तै बेलायतबासी धेरै मगरहरुको समर्थन नेम थापालाई रहेकाले उहालाई सहयोग गर्न उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । मकाउमा रहदै समाजसेवीको रुपमा परिचित भैसकेका उपाध्यक्ष नेम थापा २००६ सालमा युके प्रबेश गरेदेखिनै मगर संघ युकेको केन्द्रिय समितिमा बसेर काम गरिरहेका छन ।
केन्द्रिय सदस्य पछि सचिब हुदै चौथो कार्यसमितिबाट उपाध्यक्षमा निर्बाचित नेम थापाले मगरात र मगर मिडिया क्याम्पियनको लागी उल्लेखनिय भुमिका खेलेका छन । महासचिब सूर्यबंशीका अनुसार पछिल्लो समयमा अध्यक्षका उम्मेद्धार नेम थापाले पुर्ब मन्त्री गोरे बहादुर खपाङ्गी मोटरसाईकल दुर्घटनामा पर्दा सहयोग जुटाउनको लागी संयोजक भएको, नेपालमा गएको बिनासकारी भुकम्पबाट प्रभावितहरुलाई राहात प्रदान गर्न अन्य देशहरु संगको समन्वयकारी भुमिका खेलेको, मगर दिवसको संयोजक, युथको संयोजक भएर राम्रो काम गरेको लगाएतका कार्यहरुले थापा बेलायतमा चर्चित हुन ।
मगर संघ युकेको पाचौ कार्यसमितिको अध्यक्षको लागी नेम थापा, सुनिल राना, राजेन्द्र राना, दलमान पुन र हिमाली रानाको उम्मेद्वारी परेको थियो ।
अव रानाले थापालाई सहयोग गर्ने भनी उम्मेद्धारी फिर्ता लिएपनि अध्यक्षका प्रत्यासी अझै चार जना रहेका छन् ।
११ वटा शाखा मिलेर बनेको मगर संघ युके बेलायतमा भएका सस्था मध्ये ठुलो सस्थाको रुपमा परिचित छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %