राज्यसत्ता ,लन्डन
आगामी २ अप्रिल २०१६ मा हुन गईरहेको मगर संघ यु केको पाचौ महाधिवेशनमा हिमाली रानाले अध्यक्षको लागि उम्मेद्बारी दिने भएकी छिन ।
मगर संघ युकेको उपाध्यक्ष रहेकी रानाले मगर संघको सदस्य कल्चर अस्सिस्टेन्टको रुपमा २०१० साल देखि २०१३ सम्म जिम्मेवारी वहन गरी सन २०१३ देखि २०१६ सम्म उपाध्यक्ष पदमा वहाँल छिन ।उनले सन २०१३ देखी सन २०१६ सम्म मगर महिला संघ यु के अध्यक्ष पदभार सम्हाली सकेकी छिन ।
उनले बेलायतमा बसोबास गर्ने सिङ्गो मगर समुदायको उत्थान र बिकासको लागि खटिरहने प्रणको साथ उम्मेदवारी दर्ता गरेकी जनाएकी छिन । महिलाहरुले अहिले घर,समाज र राज्यमा समान अधिकारको लागि आवाज उठाईरहेको अबस्थामा मगर महिलाहरुले पनि नेतृत्व लिनु पर्ने महिलाले पनि पुरुष सरह समान अवसर , समान अधिकार पाउनुपर्ने र महिलाले पनि मगर संघमा अध्यक्ष जस्तो नेतृत्वदायी भुमिका खेल्नसक्नुपर्छ र सक्छन भन्ने उनको दावी छ ।
महिला पनि नेतृत्त्वदायी पदमा बसेर महत्वोपूर्ण भूमिका खेल्न सक्छन , सकिने रहेछ भन्ने उनको अनुभवले सिकाएको र अन्य मगर महिलाको लागि पनि उच्च मनोबल दिलाउनु पर्छ भन्ने सोचका कारण अध्यक्ष पदको लागी उम्मेदवार दिने बताएकी छिन ।