खपाङ्गी मगरलाई हितान पुरस्कारले सम्मान गरिने – प्रेस विज्ञप्ति

Read Time:2 Minute, 46 Second

    मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले जीबसीम साहित्य पुरस्कार–२०७१, पोखरा–७, एयरपोर्ट निवासी रुद्रबहादुर हितान मगर, जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७१, मिरुल–५, दाइपो, रोल्पा निवासी समिप बैरागी (टंकबहादुर झाँक्री मगर), र जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७१, गोरेबहादुर खपाङ्गी मगरलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपालको इतिहासमा पहिलो महिला सम्माननीय सभामुख ओनसरी घर्ति मगर ‘उषा’ लाई सम्मान गरिने छ । मगर भाषा साहित्यमा उत्कृष्ट कृतिका श्रष्टा र मगर समाजमा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत सहित सम्मान गरिने जानकारी गराउन चाहान्छौ ।

 जीबसीम साहित्य पुरस्कार–२०७१ को पुरस्कार राशी रु. ५०,०००/– छ । पुरस्कार राशी हरेक वर्ष रु. ५०००/– ले बृद्धि गर्दै लगिएको छ । मगर भाषामा  ‘लाङ्घाके आरमेट्नाङ्’ (गाउँलाइ सम्झन्दा, कविता संग्रह–२०५०) र ‘लखन ठापा ल्हीङ–रील्हीङ्’ (लखन थापा, गीती काव्य–२०७१) लेखेका हितान मगर, मगर जातिका अभियन्ता पनि हुन् ।   जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७१ को पुरस्कार राशी रु. १०,०००/– छ । अठार मगर खाम भाषामा पहिलो मुक्तक संग्रह ‘जिन्दगीला यम’ (मुक्तक संग्रह–२०७२) लेखेका बैरागी प्रतिभाशाली लेखक हुन् ।

  जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७१, को पुरस्कार राशी रु. २०,०००/– छ । नेपाल मगर संघ (तात्कालिन, नेपाल लाङ्घाली परिवार) संस्थापक केन्द्रीय सदस्य, पूर्व अध्यक्ष एवं पूर्व मन्त्री गोरेबहादुर खपाङ्गी मगर, मगरका धरोहर, आदिवासी जनजाति अभियन्ता र राजनीतिकर्मी हुन् ।

पुरस्कृत /सम्मानित व्यक्तित्वलाई २०७२ चैत्र २१ गते शनिवार काठमाडौंमा भव्य समारोह विच सम्मान सहित पुरस्कार वितरण गरिने भएकोले प्रेश विज्ञप्ति जारी गरिएको छ ।

मिति २०७२ चैत्र ६ गते

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %