नेपाल मगर संघ युएईको समिक्षा बैठक सम्पन्न

Read Time:2 Minute, 46 Second

सुर्य आले मगर


१९ मार्च युएई नेपाल मगर संघ युएईको आयोजनामा, गत २६ फेब्रुरी २०१६ केरेला सोशियल सेन्टर आबुधाबीमा शु सम्पन्न भएको, प्रथम सहिद लखन थापा मगरको १३९औं स्मृति, ३४औं मगर दिवस र संघको ७औं महाधिवेशन घोषणा सभाको समिक्षा गर्दै महाधिवेशन पछिको संघको पहिलो बैठक गत १८ मार्च शुक्रवार आबुधाबीको हम्दाम कर्नेश पार्कमा सम्पन्न भएकोछ ।

संघकी नव निर्वाचित अध्यक्ष शुशी पुलामी मगरको अध्यक्षतामा, नेपाल आदिवासी जनजाति परिषद युएईका अध्यक्ष मोहन कुमार तामांग र संघका भूपू अध्यक्ष हरि बहादुर घर्ति मगरको विशेष आतिथ्यमा सम्पन्न भएको महाधिवेशनले पछिको पहिलो बैठकले उल्लेखित २६ फेब्रुरीमा सम्पन्न भएको प्रथम सहिद लखन थापा मगरको १३९औं स्मृति, ३४औं मगर दिवस र संघको ७औं महाधिवेशन घोषणा सभाको समिक्षा गर्दै, कार्यक्रम भव्य र ऐतिहासिक रुपमा सफल भएको निष्कर्ष निकाल्दै, कार्यक्रम सफल बनाउन नेपाल देखि आउनु भएका कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख वक्ता, नेपाल मगर संघ, नेपालका श्रदेय उपाध्यक्ष कर्ण बहादुर बुढा मगरज्यू लगायत, कार्यक्रममा आफ्नो अमुल्य समय दिएर उपस्थित हुनुहुने, विभिन्न संघ संस्थाका प्रमुख, प्रतिनिधि, समाजसेवी, भद्रभलादमी, बुद्दिजीवी, मिडियाकर्मी, प्रायोजक, कलाकार एवं शुभचिन्तक ज्यूहरुमा पुनः आभार प्रकट गर्दै विशेष धन्यवाद दिएकोछ ।

साथै संघको उक्त ७औं महाधिवेशनले, नव निर्वाचित केन्द्रिय कार्यसमितिमा, महिला पुरुषको पूर्ण समानुपातिक प्रतिनिधित्व निर्वाचित गराउनुको साथै, १२ मगरात र १८ मगरात, मगर भाषिक समुदायको समेत संघको विधान अनुरूप सम्मानजनक प्रतिनिधित्व निर्वाचित गराउन सकेकोमा, समेत गर्व महशुस गरेकोछ ।

बैठकलाई वरिष्ठ उपाध्यक्ष राम थापा मगरले स्वागत गरेका थिए भने, सचिव आशा थापा मगरले सन्चालन गरेकी थिइन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %