रोशन मेवाहाङ
लण्डन, चैत्र ७ । विश्व नेपाली साहित्य महा संघ, शाखा बेलायत र केन्ट कलमको संयुक्त आयोजनामा अर्थ आवर साहित्यिक कार्यक्रम सम्पन्न गरेका छन् । विदेशी भुमिमा रहेता पनि नेपाली भाषा र साहित्यको जगेर्ना गर्दै साहित्य सम्बन्धी फरक फरक कार्यक्रम गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, बेलायत शाखाले यस पटक भने मार्च १९ शनिवार आश्फोड स्थित गोर्खा भान्साघरको सभा कक्षमा साहित्यिक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमको शुरुवातमा संस्थाका सदस्य सुरेन्द्र ईग्नामले सभा कक्षाको बारेमा स्वास्थ्य तथा सुरक्षा सुचनाका जानकारी गराईएको कार्यक्रममा वातावरण विद विजय हितानले वातावरण सम्बन्धि कार्य पत्र प्रस्तुत गरेका थिए । उक्त कार्य पत्रलाई गीतकार जानु काम्बाङ लिङ्देनले सकारात्मक टिप्पणी गरेकी थिईन् ।
संस्थाका केन्द्रिय अध्यक्ष विश्वास दिप तिगेलाको सभापतित्वमा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ, शाखा बेलायतका अध्यक्ष नरेश खपाङ्गी मगर रहेका थिए ।
हरेक बर्ष उत्सव गरिने संस्थाको वार्षिक गोष्ठि कार्यक्रममा नेपाल प्रत्रकार महासंघ, बेलायत शाखाका अध्यक्ष नरेश खपाङगीलाई नेपाली ढाका टोपि र खदा लगाईदिदै विशेष सम्मान गरिएको थियो । विदेशी भुमिमा रहेर पनि साहित्य क्षेत्रमा कलम चलाउनुहुने गीतकार करिश्मा घमको “गुनासो” कविता संग्रहलाई पत्रकार जानुका राईले र जानु काम्बाङ लिङ्देनको शिविरमा ईश्वर लाई साहित्यकार विजय हितानले समिक्षा गरेका थिए ।
औपचारीक रुपमा शुरुवात गरिएको कार्यक्रममा गीतकार करिश्मा घमले स्वागत मन्तव्य राख्दै उपस्थिति सबैलाई स्वागत गर्नु भएको गोष्ठिलाई साहित्यकार जानुका राई र गीतकार संन्जिब पारादर्शी डाइमण्ड लाहुरेले संयुक्त रुपमा संञ्चालन गरेका थिए ।
बेलायतमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई अतिथिमा निम्त्याईएको कार्यक्रममा अतिथिहरु केन्टवरी मगर संघका अध्यक्ष प्रेम मगर, औतारी साईला, फिप्रा काईला, खड्क गुरुङ, गीतकार थिर थापा, जानु काम्बाङ लिङ्देन, जनताको आवाजबाट रोशन राई, संङिगया डटकमका प्रधान सम्पादक सुरेन्द्र ईग्नाम लगायत साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
गोष्ठिमा उपस्थित सर्जक तथा अन्य साहित्य अनुरागीहरुले कार्यक्रमको बिच बिचमा मुक्तक, गित, कविता, गजलहरु बाचन गरिएको कार्यक्रममा बाँसुरी वादक सुरेन्द्र ईग्नाम र जिवन प्रकाश राईले साराङगीको धुनमा मिठो गीत ए कान्छा ठट्टैमा, यो बैश जान लाग्यो र गायक थिर थापाले मलाई छोडि नजाउँ, पाप तिमीलाई लाग्ला है प्रस्तुतले सभाहलको रौनक बढाएकाे थियो ।
कार्यक्रमका अन्त्यमा गोष्टिका सभापति विश्वास दिप तिगेलाले नेपाली साहित्यको बारेमा र विश्व नेपाली साहित्य महासघ कसरी स्थापना भएको हो भन्नेमा प्रष्टाउदै कार्यक्रममा उपस्थिति हुनु भएकोमा उपस्थित सम्पुर्ण साहित्य अनुरागीहरुलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए ।