हङकङ, फेब्रुअरी २६,
आफ्ना सदस्यहरुलाई कुनै बिपत्ति पर्दा रातारात लाखौ आर्थिक सहयोग जम्मा गर्न सक्ने पुन मगर समाज हङकङ र मोनाले यसपटक पनि त्यस्तै आश्चर्यचकित पार्ने गरि चन्दा संकलन गरेकोछ । मोना हङकङको कार्यालयमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङ र पुन मगर समाज हङकङको संयुक्त पहलमा आर्थिक सहयोग संकलन गरी हङकङ डलर १२७,५२० ( एक लाख सत्ताइस हजार पाँच सय बीस हङकङ डलर) एक अनौपचारिक कार्यक्रममा विनोद पुनका दाजु दिपक पुनलाई डम्मी चेकको साथ संकलित रकम र सहयोग दाताहरुको नामावली सहित हस्तान्तरण गरियो ।
राजु गर्वुजा (बाँया) र दल सेर्वुजा (दाँया) चेक हस्तान्तरण गर्दे
उक्त डम्मी चेक मोना हङकङका अध्यक्ष दल सेर्बुजा मगर र पुन मगर समाजका अध्यक्ष राजु गर्बुजाले संयुक्तरुपमा तथा रकम र नामावली आर्थिक सहयोग संकलन समितिका संयोजक मोना हङकङका कोषाध्यक्ष कर्ण पुनले हस्तारण गरेका थिए। छोटकरीमा सम्पन्न उक्त अनौपचारीक कार्यक्रम मोना हङकङका सचिव लोकेश बोगटीले संचालन गरेका थिए भने मोना हङकङका अध्यक्ष दल सेर्बुजा र पुन मगर समाज हङकङका अध्यक्ष राजु गर्बुजाले आर्थिक सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई व्यक्तिगत तथा संस्थाको तर्फबाट हार्दिक धन्यवाद दिएका थिए ।
कोषाध्यक्ष नामावली प्रदान गर्दे
हङकङमा बस्दै आएका विनोद पुन ओखरबोट गा बि स। ३, म्याग्दीका हुन। QE Hospital हङकङमा उपचारको क्रममा उनको दुबै मृगौलाले काम गर्न छाडेपछि अहिले टिचिङ हस्पितल नेपालमा उपचारको क्रममा छन्।
स्मरणरहोस्- यस भन्दा पहिले मोना हङकङले मिन बहादुर पुन, धन कुमारी गर्बुजा, गीता पुन, कमला बिक, लिल बहादुर तिलिजा र सोम बहादुर बिकलाई मृगौला, मुटु, छाला आदि सम्बन्धि उपचारको लागि सहयोग गरेको थियो।