कतारमा गैर आवासिय नेपाली संघले रक्त शिविर कार्यक्रम सम्पन्न गर्यो

Read Time:1 Minute, 32 Second
 कृष्ण सारू मगर

  दोहा कतार(गैर आवासिय नेपाली संघ कतारले हमाद मेडिकल कर्पोरेशन रगत संकलन बिभागको संयोजनमा १८ मार्च २०१६ सुक्रबारका दिन हमाद अस्पताल, रक्त संकलन केन्द्रको परिसरमा रक्त शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

सो रक्त संकलन शिविर कार्यक्रममा विभिन्न साढे तीन दर्जन संघ संस्था संगठनमा आवद्ध प्रतिनिधि सदस्यहरूको सहभागीतामा रगत दान जीवन दानू भन्ने मूल्य र मान्यता राख्नु हुने कुल १९० जना सहभागी भएका थिए भने १४२ जनाले रक्तदानको लागि आवेदन भरेको मध्य हमाद मेडिकल कर्पोरेसन रक्त संकलन विभागले शिविरमा सहभागी ९९ जना आदरणिय रक्तदाताहरूलाई योग्य छनौट गर्दै रगत संकलन गरेको हो ।

उक्त रक्त संकलन शिविर कार्यक्रममा सहभागी सम्पुर्णलाई नेपाल प्रवासी आदिवासीजनजाति महासंघका प्रमुख सल्लाहकार समेत रहेका संघका अध्यक्ष विनेश तामाङले आफ्नो ब्याक्तिगत तर्फ बाट एवंम सम्पुर्ण आयोजक समिति परिवार हार्दिक आभार प्रकट गर्नु भएको थियो ।

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %