साजन भए छैठौँ ‘बिग आइकन’

Read Time:2 Minute, 2 Second
मनोज घर्ती मगर

  चैत ५ – चितवन पटिहानीका साजन आलेमगरले छैठौँ सँस्करणको बिग आइकन उपाधी जितेका छन् । फाइनलमा पुगेका सृष्टि गुरुङ, अनु गुरुङ र अम्बिका पुनमगरलाई पछाडि पार्दै साजनले बिग आइकनको उपाधी जिते । उपाधीसँगै साजनले १ लाख ७५ हजार रुपैयाँ पर्ने हिरो ड्यास स्कुटर र दुई हप्ते बेलायतको साँगीतिक यात्रा गर्ने अवसर पाए । खचाखच दर्शकमाझ मंगलबार पोखरा सभागृहमा भएको फाइनलमा अभिनेत्री करिश्मा मानन्धरले साजनलाई विजेता घोषणा गरेकी थिईन् । साजनलाई नेपाल जनरल मार्केटिङ ज्योती ग्रुपकी प्रबन्ध निर्देशक सुरुची ज्योतीले हिरो ड्यास स्कुटरको साँचो हस्तान्तरण गरिन् । साजन साँगीतिक यात्राका लागि काठमाण्डौ थापाथलीस्तिथ द ब्रिटिश कलेजको प्रायोजनमा बेलायत भ्रमणमा निस्कनेछन् ।


फस्ट रनरअप पोखरा मालेपाटनकी अनु गुरुङ भइन् । उनले ७५ हजार रुपैयाँ पुरस्कार पाइन् । अम्बिका पुन सेकेन्ड रनरअप हुँदै ५० हजार रुपैयाँ पुरस्कार हात पारिन् । थर्ड रनरअप भएकी सृजनाचोक पोखराकी सृजना गुरुङले २५ हजार रुपैयाँ जितिन् । बिग आइकनमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बाँनिया निर्णायक थिए । एफएमका अध्यक्ष महेश भण्डारीले छैठौँ बिग आइकनलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, स्रोता र सुभेच्छुकहरुलाई धन्यबाद दिए ।

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %