भिम बरही मगर, १३ मार्च, हंगकंग, नेपाली महिला संघ हंगकंग र एन आर एन हंगकंगको आयोजनामा पाकिस्तानी क्लब जोर्डनमा १०६ औ अर्न्तराष्ट्रिय महिला दिवस सम्पन्न भएको छ । शक्ति समुह नेपालकी सदस्य तथा अमेरीकाको हिरो एक्टीङ माडेल सेलीव्रेटी अवाडले सम्मानित भएकी चरीमाया तमाङ्गले प्रमुख अतिथ्य ग्रहण गरी सम्बोधन गरेकी थिइन । महिला र पुरूष जैबिक रूपमा मात्रै फरक हो र अरू कुराहरू सवै समान भएको उनले बताइन । कोठीमा बस्नको लागि उमेर नपुगेको भनी भरतीय सरकारले उद्वार गरे पनि नेपाल सरकारले नेपाली नागरीक भनी उद्वार गर्न चासो नदेखाएकोले लामो समय भारतमा नै बिभिन्न संस्थाको शरणमा बस्न बाध्य भएको तितो यथार्थ खोलिन । गाउँमा जादा पनि कोठीबाट फर्केको भनी गाउँलेहरूले हेयको दृष्टीकोणले हेरेको दुख ब्यक्त गरीन । तमाङ्ग १६ बर्षको उमेरमा भारतमा बेचिएकी थिइन र २२ महिना पछि उनको उद्वार गरीएको थियो । तमाङ्गको बारेमा तयार पारीएको बृत्तचित्र पनि प्रदर्शन गरीएको थियो । तमाङ्गलार्इ ताम्रपत्रले सम्मान गरी उनले नेतृत्व गरीरहेकी मानब बेचबिखन रोक्न सक्रिय संस्था शक्ति समुह नेपाललार्इ रू. एक लाख पचास हजार सहयोग गरीएको थियो ।
बर्ष महिलाको उपाधिबाट हंगकंग नेपाली महासंघकी अध्यक्ष रीता गुरूङलार्इ सम्मान गरीएको थियो । हंगकंगमा विभिन्न क्षेत्रमा सफल तथा योगदान दिने महिलाहरूलार्इ पनि सम्मान गरीएको थियो ।
बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले अतिथ्य ग्रहण गरेका थिए । संघकी अध्यक्ष टीका गुरूङ र एन आर एनका अध्यक्ष ललित आम्वुहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलार्इ अनु रार्इले कार्यक्रम सञ्चालन गरेकी थिइन । एन आर एनका सदस्य टिका राना मगरले स्वागत मन्तब्य दिएकी थिइन ।