कतार शाखाले मुटुरोगी पुलामी मगरलाई १ लाख सहयोग गर्यो

Read Time:2 Minute, 48 Second

बिजय कुमार मगर दोहा, कतार
नेपाल मगर संघ, शाखा कतारले गएको ११ मार्च २०१६ सुक्रबारका दिन महेन्द्र थापा मगरको अध्यक्षतामा बसेको नवौं नियमित बैठकले अनुमोदन गरी स्थाई घर लेटाङ ८, खडानी मोरङ निवासी हाल रोजगारीको शिलशिलामा कतार स्थित कंपनीमा कार्यरत केन्द्रिय समितिका आजीवन सदस्य तथा बक्रा एरिया समितिका कोषाध्यक्षका नावालक छोरी साहना पुलामी मगरलाई दोहाको मुम्ताजा पार्क स्थित उपचारार्थ नेरू १ लाख सह्योग गरेको छ ।
मुटुको भल्भमा प्वाल भएकी नवजात शिशुलाई उपचारका लागि केन्द्रीय समिति, एरिया समिति, उप समिति लगायत विभिन्न विभागमा आवद्ध कार्यसमितिका पदाधिकारी तथा भद्र भलाद्मीहरूको सहयोगार्थ संकलित नेरु एक लाख एक रुपैया १००००१ र संघका अध्यक्ष महेन्द्र थापा मगरले सम्पुर्ण पदाधिकारीहरूको रहोवरमा उनको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै मुटु रोगले ग्रसित साहनाका बाबु श्याम पुलामी मगरलाई सामुहिक हस्तान्तरण गरेको हो ।
सेवा नै धर्म हो भन्ने पुर्ण विश्वासका साथ आफ्नो ईक्षा र गक्ष अनुसार उनले मुटु रोगी साहनालाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दै भावनात्मक सहयोगी मन र हात एवंम् सहयोगगदाताहरू प्रति विशेष आभारी रहेको बताउने बुबा श्याम पुलामी मगरले छोरीको उपचारमा विशेष पहल गर्ने नेपाल मगर संघ, शाखा कतार प्रति सदैव ऋणि रहेको बताउँदै सम्पुर्ण कार्यसमिति परिवारलाई हार्दिक धन्यवाद दिएका छन् ।
यही आउँदो २०७३ साल बैशाख १८ देखी २२ सम्म चितवनमा हुन गैरहेको नेपाल मगर संघ केन्द्रिय समितिको ११ औं राष्ट्रिय महाधिवेशनका लागि पर्यवेक्षक तथा प्रतिनिधिहरुको नामावली तैयार गरी शाखा कतारले संघका प्रमुख सल्लाहकार भिम तरामु मगरको संयोजकत्वमा ९ सदस्यिय टोली सहित सहभागी जनाउने सोही नवौं नियमित बैठकको छलफलले पारित गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %