राज्यसत्ता,
काठमाण्डौ, फागुन २७ – अन्र्तराष्ट्रिय महिला श्रमिक दिवसको उपलक्ष्यमा पुर्ब प्रहरी नायब महानिरिक्षक पार्बती थापा मगर अमेरिकामा सम्मानित हुनुभएको छ । गैर आवासिय नेपाली संघ अमेरिकाको महिला समन्वय समितिले अमेरिकाको न्युयोर्कमा भब्य समारोहको आयोजना गरी पुर्ब प्रहरी नायब महानिरिक्षक (डिआईजिपि) थापा मगर संगै साहित्यकार झमक घिमिरे, कवियत्री कमला प्रसाई लगाएका प्रतिष्ठित महिलाहरुलाईसम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि अमेरिकाको लागी नेपाली राजदुत डाक्टर अर्जुन कार्कीले उहाहरुलाई कदर पत्र प्रदान गर्नुभयो ।
सम्मान कार्यक्रममा बोल्दै राजदुत कार्कीले नेपालमा अधिकांस महिलाहरु कृषक रहेको र उनीहरुको मुल्यांकन हुन नसकेको बताउनुभयो । कृषक महिलाको कामको मुल्यांकन हुनुपर्ने उहाले नया नेपाल निर्माणको लागी नेपाली महिलाहरुको शिक्षा र रोजगारीमा बिशेष ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।
सम्मानिय पुर्ब प्रहरी नायब महानिरिक्षक पार्वती थापा मगरले महिलाहरुपनि आफ्नो अधिकार प्राप्तीको लागी एक भएर आवाज उठाउनुपर्नेमा जोड दिुनभयो । हरेक क्षेत्रमा समानुपातिक र समोबशी हिशावले महिलाहरुको प्रतिनिधित्वलाई राज्यले पनि गंभिरताका साथ लिनुर्पे भन्दै अवसरका प्राप्ती हुदा पछाडि पारिएका क्षेत्रका दलित आदिबासी जनजाति महिलाहरु लाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । अवसर पाए महिलाहरुपनि पुरुष सरह सक्षमता हाशिल गर्न सक्छन् भन्ने धेरै उदाहरण भएको भन्दै उहाले समग्र महिलाहरुको बिकासको लागी अव सबै महिलाहरु एक भएर अघि सर्न सबैसंग आग्रह गर्नुभयो ।
सबै निति निर्माण बनाउने अंग राजनिति भएकाले अव महिलापनि राजनितिको अग्रभागमा आएर काम गरे महिला हक अधिकारको लागी आवाज बुलन्द पार्न सजिलो हुने उहाको ठम्याई छ । कार्यक्रममा गैर आवासिय नेपाली संघ अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलले सम्पुर्ण महिलाहरु आत्म निर्भर बन्न अति आवश्यक रहेकोमा जोड दिनुभयो ।
बिविध सास्कृतिक कार्यक्रम संगै सम्पन्न कार्यक्रममा शयौ महिलाहरुको सहभागिता रहेको थियो ।
