मगर दिवसमा यसपालि नया कुरा थपियो

Read Time:3 Minute, 42 Second

२७ फेव्रवरी २०११, हंगकंग, मगर संघ हंगकंगको आयोजनामा मंकीहिल कन्ट्री पार्कमा २९ औं मगर दिवस पेय पदार्थको साथमा वि. वि. क्यू गरी संघका निवर्तमान अध्यक्ष नेत्र पहराई मगरको प्रमुख आतिथ्यमा भब्य रुपमा सुसम्पन्न भएको छ । सम्वोधनको क्रमामा प्रमुख अतिथिले मगरहरको अधिकार सुनिश्चित गर्नको लागि एक हुनु पर्ने र संबिधानमा मगर लगायत आदिवासी जनजातिहको हक अधिकारको बारेमा प्रस्ट उल्लेख हुनुपर्ने औल्याए । त्यस्तै विशेष अतिथ हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगर र अतिथिहरुमा नेपाली महासंघका निवर्तमान अध्यक्ष हेम लिम्बु, मगर संघ हंगकंगका पूर्व अध्यक्ष हुम बहादुर थापा मगर र एक बहादुर राना मगर तथा भातृ संगठनका अध्यक्षहरु र अन्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । संघलाई विशेष सहयोग पुर्याउने ब्यक्ति, एक पुरुषलाई बर्ष पुरुष र एक महिलालाई बर्ष महिला घोषणा गरी उपाधि दिई सम्मान गर्ने चलन यसै बर्षवाट शुरु गरियो ।
मगर बर्ष पुरुष संघका पूर्व महासचिव भिम बहादुर थापा मगर भए । उनलाई टाउकोमा पगरी गुथाई ताम्रपत्रद्धारा विशेष सम्मान गरीएको थियो । मगर बर्ष महिला मगर महिला संघ हंगकंगकी पूर्व अध्यक्ष मन्धरी आले मगरलाइ दिइयो । उनी नेपालमा रहेकोले उनको सम्मान श्रीमान तिलाराम आले मगरले ग्रहण गरेकाथिए ।
साथै आजिवन सदस्यता ग्रहण गर्ने ब्यक्तित्वहरुलाई पनि ताम्रपत्रद्धारा सम्मान गरीएको थियो । नेपाल टेलिभिजनवाट सञ्चालित छम छमी कार्यक्रमका प्रतिस्पर्धी किरण थापा मगर र अन्जु मगरलाई विषेश सहयोग गर्ने दाताहरुलाई पनि प्रशंसा पत्र प्रदान गरीएको थियो । सचिब बोध बिक्रम थापा मगरको सञ्चालन तथा सदस्य विष्णु बहादुर थापा मगरको स्वागत मन्तब्य रहेको थियो । सभापतित्व अध्यक्ष एमवी थापाको थियो ।

मगर भेष भुषा लगाऔं हाम्रो संस्कतिको संरक्षण र सम्बद्र्धन गरौं भन्दै सदस्य विष्णु बहादुर थापा मगरको सञ्चालन रहेको मगर भेषभुषा प्रतियोगिता गरीएको थियो । जसमा पुरुष तर्पm नेत्र पहराई मगर र महिला तर्पm रितिका थापा मगर प्रथम भए । दुबैलाई पुरस्कार प्रदान गरीएको थियो । मगर रोष गुमष्ठाको सयाेंजनमा सांस्कृतिक कार्यक्रमको आयोजना गरीएको थियो जसमा मगर समाजमा प्रख्यात कौडा नाच देखि झ्याउरे नाच, लोक गीत लगायत अन्य नाचहरु प्रस्तत गरीएको थियो र सांस्कृतिक कार्यक्रम तेजा थापा मगरले सञ्चालन गरेकाथिए ।

फोटो फिचर यहाँ हेर्नुस्

भिम बराही मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %