राज्य सत्ता ब्युरो
काठमाण्डौ , फागुन २३ – हुम बहादुर थापा (पचभैया)को अध्यक्षतामा १३ सदस्सिय नेपाल मगर भुपु सैनिक संघको नया समिति निर्बाचित भएको छ । शनिबार नारयणगण, चितवनको मगर संघको भवनमा सम्पन्न तेश्र्रो अधिबेशनले मगर संघ हङकङ्गका भूपु अध्यक्ष एबं राज्यसत्ता डट,कमका निर्देशक हुम बहादुर थापा (पचभैया) पाल्पा लाई सर्बसम्मत रुपमा अध्यक्षमा निर्बाचित गरेको हो । अधिबेशनले सु.मे चित्र बहादुर थापा (उपाध्यक्ष ) चितवन,दल बहादुर बिरकट्टा मगर(महासचिब ) रूपन्देही, क्याप्टेन भिम बहादुर राना ( सचिब) पर्बत, र धन केशर सुर्यबंशी मगर पाल्पालाई (कोषाध्यक्ष ) मा सर्बसम्मत रुपमा निर्बाचित गरिएको हो ।
यस्तै ……सदस्यमा:प्रेमबहादुर पुन मगर बाग्लुंग,हस्तबहादुर थापा मगर तनहुँ,क्या.धनबहादुर मिधुन मगर कपिलबस्तु,शिबबहादुर पुन मगर नवलपरासी,ह.क्या.अमरबहादुर राना मगर रूपन्देही,ह.क्या. लालबहादुर थापा मगर स्याडजा,गमबहादुर पुन मगर पर्बत,र सु.मेजर धमानसिँ थापा मगर केन्द्रिय सदश्यमा निर्बाचित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ के.सका पुर्ब अध्यक्ष याम बहादुर बुढाथोकी मगर थिए भने बिशिष्ट अतिथिमा नेपाल मगर संघका भूपू बरिस्ठ उपाध्यक्ष तथा नेपाल मगर बुद्ध सेवा समितिका केन्द्रिय अध्यक्ष क्याप्टेन देउ बहादुर राना थिए ।
अतिथिहरूमा मगर संघ चितवनका पुर्ब अध्यक्ष टेक बहादुर थापा, क्याप्टेन भीम बहादुर राना मगर थिए । कार्यक्रमका सभापति संघका अध्यक्ष मनबहादुर पुलामी मगरको अध्यक्षतामा सु.मे चित्रबहादुर राना मगरको स्वागत भाषण र महासचिब दलबहादुर बिरकट्टा मगरले कार्यक्रम सन्चालन गरेका थिए ।कार्यक्रमको बन्दसत्रको संयोजक यामबहादुर बुढाथोकी मगर अध्यक्षमंडलको अध्यक्षतामा टेकबहादुर थापा मगर,चित्रबहादुर थापा मगर र तरनबहादुर सिंजाली मगर निर्बाचनमन्डलमा सदस्य थिए ।
भेलाले निम्न कुराहरू पारीत गर्दै महाधिवेशन सम्पनन गरेको छ । १) नेपाल मगर संघको बिधानमा ब्याबस्था भए बमोजिम नेपाल मगर भूतपूर्ब सैनिक संघलाइ भातृ संगठनको आबद्दता गराउन पहल गर्ने।
२) नेपाल मगर भूतपूर्ब सैनिक संघको जिल्ला समितिहरू गठन गर्ने ।
३) मगर भूतपूर्ब सैनिकहरूमा रहेको शिप ज्ञानको परिचालन गर्ने ।
४) मगर भूतपूर्ब सैनिकहरूको समश्या पहिचान गरि समस्या समाधानका लागी सक्दो पहल गर्ने ।
५) नेपाल मगर संघलाइ सहयोग गर्ने ।
६) नेपाल मगर संघको उदेश्य पुरा गराउन र लक्ष्य प्राप्त गर्न नेपाल मगर संघको कार्यक्रममा सहभागी हुने सर्बसम्मतले पारित गरेको छ ।
