नेपाली काग्रेसमा मगर नेताको खडेरी

Read Time:4 Minute, 46 Second
राज्य सत्ता ब्युरो

नेपाली काग्रेसको १३ औ महाधिबेशनमा ६ जना मगर नेताहरुले मात्रै आरक्षण कोटाबाट केन्द्रिय सदस्यको लागी उम्मेद्धारी दिएका छन् ।
  आदिबासी जनजाति आरक्षण बाट नर बहादुर पुन (निरज) , भिम श्रीस र केशर मान रोक्काले उम्मेद्धारी दिनुभएको छ । ३ जना केन्द्रिय सदस्यको कोटामा भिडेका ४० प्रतिस्पर्धी मध्ये  ३ जना मगरहरु पनि प्रतिस्पर्धामा उत्रिएका हुन् ।

त्यस्तै आदिबासी जनजाति महिला आरक्षण बाट बिन्दा देबी आले राना र ललिता किङ्गरिङ्ग ले उम्मेद्धारी दिनुभएको छ । दुई पदको लागी १२ जनाको उम्मेद्धारी परेको आदिबासी महिला आरक्षणको लागी दुई  मगर चेलीपनि निर्बाचनमा सहभागी हुनुभएको हो ।

आरक्षण कोटाबाट केन्द्रिय सदस्यको निर्बाचनमा होमिएका पाच उम्मेद्धारमध्ये

नर बहादुर पुन र ललिता किङ्गरिङ्ग पुर्ब सभासद हुनुहुन्छ भने बिन्दा आले बर्तमान सासद हुनुहुन्छ । पुन र आले रामचन्द्र र किङ्गरिङ्ग देउबा नजिकका मानिनुहुन्छ ।

नेपाली काग्रेसको १२ औ महाधिबेशनमा  पनि आरक्षण कोटाबाट ७ जना मगरहरु निर्बाचनमा भिडे पनि सबैले हार बेहोर्नुपरेको थियो । १२ औ महाधिबेशनमा ७६ जना मगर महाधिबेशन प्रतिनिधि थिए ।

आरक्षण कोटामा उम्मेद्धारी दिएका अरु जातिका नेताहरु पुराना र केन्द्रिय नेतासंगको पहुचमा  भएकाले यस पटक पनि मगर उम्मेद्धारहरुले जित्ने आशा कम रहेको नेपाली काग्रेसको भातृसस्था राष्ट्रिय मगर संघका एक नेताले बताएका छन् ।

नेपाली काग्रेसको १२ औ महाधिबेशन बाट आरक्षित कोटाको ब्यवस्था भएपछि मात्रै मगर नेताले पनि आरक्षित कोटाबाट भएपनि केन्द्रिय सदस्यमा भाग लिन शुरु गरेको  पाल्पा क्षेत्र नम्बर २ का सभापति सन्तोश थापा मगरले जानकारी दिनुभयो । नेपाली काग्रेसलाई बचाउने र अघि बढाउने स्थानिय तहमा मगर कार्यकर्ताहरु  उल्लेखनिय भएपनि केन्द्र तहमा पुग्ने अवसर मगरले पाएका छ्रैनन् ।

१२ औ महाधिबेशन पछि पहिलो पटक केन्द्रिय सदस्यमा बाबुराम राना लाई मनोनित गरिएको थियो ।

१३ औ महाधिबेशनको लागी देश भरबाट ११७ जना मगरहरु  महाधिबेशन प्रतिनिधिको रुपमा सहभागी छन् । मगरहरु लामो समय राजनितिमा लागेपनि केन्द्र संगको पहुचमा पुग्न नसकेकाले नेतृत्वमा आउन कठिन भएको नेपाल राष्ट्रिय मगर संघका उपाध्यक्ष लालकुमारी रानाको बुझाई छ । लोकतान्त्रिक पार्टी भएपनि मगरहरु पार्टीको केन्द्रिय तहमा आउन पाएका छ्रैनन्, रानाले भन्नुभयो “पहुच नपुग्दा तत्काल मगरहरु आरक्षण बाहेक खुलामा लड्ने अवस्थानै भएको छैन , भिडेकाको पनि जित्ने अन्यौलता छ । ”

७५ जिल्ला मध्ये नेपाली काग्रेसमा अहिले बिर बहादुर राना (पाल्पा) अमर बहादुर पुन (रोल्पा)  खामबिर गर्बुजा (म्याग्दी ) र दिपेन्द्र थापा (बाग्लुङ्ग) गरी चार जना मात्रै जिल्ला सभापति रहेका छन् ।  नेपाली काग्रेसको स्थानिय तहमा रहेका भातृसस्थामा भने मगरहरुको सहभागीता राम्रो छ । मगरहरुलाई स्थानिय तहकै भातृसस्थामा राखेर चित्त बुझाई दिने र केन्द्रिय तहमा पुग्ने अवसर नदिने काम भैरहेको एक मगर कार्यकर्ताले गुनासो गरेका छन् । काग्रेसको नया नेतृत्वका लागी सोमबार बिहान ८ बजे देखि दिउसो ४ बजे सम्म मतदान हुदैछ ।
२०७२,फागुन २३ 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %