मगर संघ यु केद्वारा ३४ औ मगर दिवस सम्पन्न(फोटो फिचर सहित )

Read Time:2 Minute, 42 Second

अल्दोरशट ,२७ फेब्रुरी 2016,

राज्यसता ,
३४औ मगर दिवसको उपलक्ष्यमा मगर संघ यु केले संघका अध्यक्ष दुत पुनको अध्यक्षतामा बिबिध सान्स्कृतिक कार्यक्रमको आयोजना गरी मगर उत्सव मनाएको छ ।

गत शनिबार अन्दोर्शोटमा सन्चालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका नेपाली दुतावास बेलायतका कार्यवाहक राजदुत तेज बहादुर छेत्री र नेपाल पत्रकार महासंघ नेपालका महसचिव तथा बिशेष अतिथीको रुपमा उपस्थित उजिर मगरले संयुक्त रुपमा दिप प्रज्वोलन गरी उद्घाटन गरेका थिए । प्रमुख अतिथी छेत्रीले कार्यक्रमको शुभकामना मन्तव्य व्यक्त गर्दै भाषा सन्स्क्रिती कलाको सन्रक्षण गरेको प्रती खुशी व्यक्त गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नु पर्ने बताए भने पत्रकार महासंघका महासचिव मगरले बिदेशी भुमिमा मगर सन्स्कार सन्स्क्रिती प्रतिको मोह देख्दा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासघ युके ,नेपाल आदिवासी जनजाती महिला महासंघ युके ,नेपाल पत्रकार महासंघ यु के शाखा ,एन आर एन ए बेलायत ,शेर्पा संघ ,तमु संघ लगायतका संघसंस्थाका पदाधिकारीको उपस्थिती रहेको थियो । कार्यक्रममा सान्स्कृतिक सचिव अनिता रानाको सन्योजकत्वोमा बिबिध निर्त्य सोरठी ,हुर्रा नाच ,सालैजो ,कौदा ,थाली नाच आदीको प्रस्तुती रहेको थियो । पाका सदावहाँर गायक विर वहाँदुर गाहाले जोसिलो गीत गायर मनोरन्जन दिएका थिए भने ख्यती प्राप्त कलाकारहरु मन्सुधन थापाका साथमा स्थानिय कलाकारहरुको बेजोद लोकदोहोरी तथा सामुहिक न्रित्य प्रस्तुत गरिएको थियो ।

मगर संघ युके लाङ्घाली परिवारको नाममा जुलाई २००२मा स्थापना गरिएको थियो भने २५ अगस्ट २००२ मा थर्क रानाको अध्यक्षतामा मगर संघ यु केको नाम बाट सन्चालित छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %