जापानमा विभिन्न नारा सहित २९औ मगर दिवस मनाइयो

Read Time:2 Minute, 0 Second

जापान ,
लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर, सहिद गेटमा प्रथम सहिदको प्रतिमा स्थापना गर ,राज्यको हरेक निकाएमा मगर जातिको जनसंख्याको अनुपातमा प्रतिनिधित्वको सुनिस्चित गर , भन्ने नारा फलाक्दै आज जापानको आइची शहरमा मगर सेवा समिति टोकाई जापान ले २९औ मगर दिवस तथा १३४औ लखन दिवस मनाएको छ ।

संस्थाका अध्यक्ष राजु राना मगरको सभापतित्वमा भएको उक्त कार्यक्रम मा नेपाली आदिबाशी जनजाती महासंघ टोकाई जापानका अध्यक्ष सुर्य तामांगले प्रमुख अतिथिको आशानग्रहण गर्दै सुभानाकमाना मन्तब्ये दिदै प्रथम सहिद लखन थापा मगरलाई मगर जाति वा आदिबाशी जनजाती संघ संस्थाले मात्र नभई राज्यकै पहलमा लखन दिवस मनाउनुपर्ने बारे प्रस्ट पारेका थिए ।

मन्चमा  विभिन्न जातीय संघ संस्था का प्रतिनिथी पासांग शेर्पा, अमित  तामांग, बिरेन्द्र शेरचन लगाएत समितिका भू।पु। अध्यक्ष भिजेन्द्रमान पुन मगर ले अतिथिको  आसनग्रहण गरेका थिए ।

पहिलो चरणको कार्यक्रमको समापन पश्चात समितिका सचिव समशेर रोका मगरको काम्पाई संगै दोश्रो चरण को खानपिन तथा मनोरन्जनात्मक कार्यक्रममा प्रेबेश भएको थियो । कार्यक्रममा विभिन्न शहर बाट आएका  पाहुना हरुलाई नजिकको रेल स्टेसन बाट कार्यक्रम स्थल सम्म यातायातमा निरन्जन श्रेष्ठले सेवा  गरेका थिए ।

दिघार्टू मिझार
आइची, जापान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %