विजय कुमार मगर, दोहा-कतार
“ईतिहांस, भाषा, संस्कृतिको संरक्षण-संवर्द्धन मगरहरुको मूलमन्त्र !
जातिय पहिचान र स्वायत्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र !!
भन्ने अभियानका साथ स्थापित मगर समुदायहरूको छाता संगठन विशुद्ध जातिय संस्था नेपाल मगर संघ, शाखा कतारले ऐतिहासिक दिन फाल्गुण १५ लाई यहि आउँदो ४ मार्च २०१६ शुक्रवारका दिन दोहाको नज्मा स्थित अल नक्यायन होटलको सभाहलमा सम्पन्न गर्ने भएको छ । ३४ औं मगर सम्पन्न दिवस गराउन केशव घर्ति मगरको संयाोजकत्व पांच सदस्य उप-समिति गठन गरेको छ ।
उक्त ३४ औं मगर दिवसलाई सास्कृतिक विभाग संयोजक ईशोरा थापा मगरको नेतृत्वमा स्थानिय ख्याति प्राप्त कलाकारहरू द्वारा मगरहरुको परम्परागत ईतिहास, पहिचान र संस्कृती झल्किने विभिन्न नृत्य तथा गीत संगीतले पाहुनागणहरूलाई भरपुर मनोरञ्जनात्मक प्रस्तुतीहरु रहने आयोजक समितिले सार्वकोजनिक गरेको छ ।
सहभागी थुप्रै प्रतिषप्रधिहरू मध्य सर्वोकृष्टलाई १ वर्ष कार्यकालका लागि मध्यपूर्विय राष्ट्र कतार शाखाको राजधानी दोहाले मगर वाङ (राजा) छनौट गर्ने प्रथालाई निरन्तरता दिँदै गएको ९ जनवरी २०१६का दिन समाल स्थित पब्लिक गार्डेनमा घोषणा सार्वजनिक गरे अनुरूपको निर्णयलाई मगर स्थापना दिवसको शुभ अवसरमा कार्यनयनमा अौपचारिकता दिने साथै विभिन्न खेलकुद विधामा सहभागी उत्कृष्ट प्रतियोगीहरूलाई प्रमाण-पत्र तथा पुरस्कार वितरण एवं मगर समुदायहरूको सांस्कृतिक महान चार्ड राष्ट्रिय पर्व माघे सकराटी २०१६ को विशेष कार्यक्रमलाई आर्थिक भौतिक नैतिक सह्योग गर्नुहुने विभिन्न संघ, संस्थामा आवद्ध महान समाजसेवी ब्यक्तित्वहरुलाई सम्मान गरिने पूर्व योजनाकार कार्यक्रम संयोजक घर्ती मगरले राज्य सत्ता डटकमलाई बताउनु भएको छ ।
नोट: प्रवेश नि:शुल्क