कृष्ण सारू मगर
२७ फेब्रुअरी दोहा-कतार नेपाली कला, संस्कृतिको सम्मान गरौँ !
प्रवासमा रहेको प्रतिभाहरूको खोजी गरौँ !!
भन्ने अभियानका साथ विगत २००८ देखि यस अभियानलाई निरन्तरता दिँदै तमु समाज कतारको संरक्षकत्वमा संचालन गर्दै छैठौं संस्करणका लागि गएको सेप्टेम्बर २०१५ देखि पुन: विभिन्न विधामा शुभारम्भ सेमी फाईनलका लागि प्रवेश गरेका प्रतियोगी कलाकारहरूलाई जनवरीको दोस्रो हप्ता २०१६ बाट गायन तथा नृत्यको टपटेनमा छनौट पर्न सफल प्रतिशप्रधि कलाकारहरूलाई गैर आवासीय नेपाली तारा २०१५को तमु साँस्कृतिक परिवारले
हिलाल स्थित रिजेन्सी हलमा २६ फेब्रुअरी २०१६ सुक्रबारका दिन तेज तमु गूरूङको सभापतित्वमा संपन्न गरेको छ ।
प्रमुख आतिथि गैर आवासीय नेपाली संघ समन्वय परिसद आईसिसिका संरक्षक सदस्य देवकाजी डंगोल र सभापति तेज तमु गूरूङले ब्यानर अनावरण पश्चात्, राष्ट्रिय धुन संगै संयुक्त रूपमा शान्तिका द्धिप प्रज्वलन गर्दै अौपचारिक कार्यक्रमलाई उद्घाटन गर्नु भएको थियो ।
विशेष अतिथिहरू, गैर आवासीय नेपाली संघ, नेपाल आदिवासीजनजाति महासंघ, नेपालबाट आमन्त्रित नायिका रेश्मा गूरूङ, वरिष्ठ संगीतकार तथा गायक संजीव सिँह लगायत विभिन्न, संघ, संस्था संगठनका प्रतिनिधिहरू, साथै स्थानिय पत्रकारहरू एवंम् आर्थिक, भौतिक नैतिक रूपमा सह्योगीदाता, समाजसेवी ब्यक्तित्वहरू लाई अतिथि ग्रहण गराएको थियो ।
राष्ट्रलाई चिनाउन मद्धत गर्ने स्वतन्त्र गहना भएकोले गीत, संगीत, हरेक कलाकारहरूका लागि सरस्वतीका वरदान हुन् भन्दै लुकेर रहेको प्रतिभालाई खोजी कार्यमा निरन्तरता प्रति आयोजक तमु समाजलाई विशेष अतिथि मक्सुद आलमले विशेष धन्यवाद सहित, शुभकामना मन्तब्य दिएकोे थियो ।
ग्रीन ग्रासककी अध्यक्ष सरिता गुरूङ तथा प्रविन गुरूङले र रोयल ईफोर्ट तथा भिजिवल होराईजन कंपनीका प्रवन्ध निर्देशक उत्तम गुरूङले प्रथम पुरस्कारका लागि प्रायोजन गरेको थियो ।
यसै गरी गायन विधामा तृतिय स्थान हासिल गर्नेलाई तमु समाज महिला विभागले प्रायोजन गरेको थियो भने, नृत्यको लागि कार्गोनेटले प्रायोजन गरेको थियो । विभिन्न संस्थागत तथा ब्याक्तिगत रूपमा भाग लिएका नृत्यमा तथा गायन विधामा ग्राण्ड फाईनल टप टेनको सहभागी प्रतिशप्रधि कलाकारहरूलाई आयोजक समितिले प्रमाण पत्र प्रदान गरेको छ ।
गायन विधाका मंगल बि.क र देविका केसी गुरूङको सह्योगमा संजीव सिँहले र नृत्य विधाका इश्वर वल्लव र भविन्द्र तामाङको सह्योगमा रेश्मा गूरूङले निर्णायक मंडलले ५०% र उपस्थित दर्शकहरूको भोटले ५०% छनौटको आधारमा प्राप्त परिणामलाई
परिवेक्षक क्रान्ति सिँहले निम्न तपशीलका सहभागी कलाकारहरू बिजयी भएको घोषणा सार्वजनिक गर्दै गायन विधामा प्रथम- कृष्ण बि.सि.लाई नेरू -१ लाख द्धितिय, मधु लामाले नेरू -५० हजार, तृतिय, योगेश खड्काले नेरू -२५ हजार मेडल, नगद पुरस्कार तथा प्रशंसा-पत्र दिएको छ भने यसैगरी नृत्य विधाकी प्रथम अञ्जना थोकर तामाङले नेरू -८० हजार, द्धितिय मिना मगरले नेरू -४० हजार, तृतिय माइकल चौधरीले नेरू -२० हजार रकमलाई कार्यक्रम सभापति घले गुरूङ तथा प्रमुख अतिथि डंगोलको सह्योगमा मेडल, नगद पुरस्कार तथा प्रशंसा-पत्र प्रदान गरेको हो ।
गायक तथा वरिष्ठ संगीतकार संजीव सिँह र नृत्य निर्देशक समेत रहेकी नायिका रेश्मा गूरूङको प्रस्तुतिले उपस्थित गीत संगीत पारखी दर्शक तथा कला प्रेमी नेपाली दाजुभाई तथा दिदी-बहिनीहरूलाई
मन्त्रमुग्ध बनाएको थियो भने पूर्व विजेता नेपाली ताराहरूका साथमा स्थानिक ख्यातिप्राप्त कलाकारहरूको बेजोर्ड प्रस्तुतिको साथमा मंगल बि.क र देविका केसी गुरूङको लालुपाते फुल छैन रूख मात्रै भन्ने गीतको बोलमा रहेको लोक तथा दोहरी भाकाले भरपुर मनोरन्जन दिएको थियो ।
कार्यक्रम संयोजक समेत रहेका तमु समाजका अध्यक्ष कृष्ण गुरूङको स्वागत तथा महासचिव तमु गुरूको संचालनमा गैर आवासीय नेपाली तारा २०१५लाई संपन्न गरेको छ ।