सुर्य आले मगर, युएई
२० फेब्रुरी ,
नेपाल मगर संघ युएईको १२ मगरात र १८ मगरात भाषिक समुदाय कार्यसमितिको निर्वाचन सम्पन्न भएकोछ ।नेपाल मगर संघ युएई क्रमश: १२ मगरात भाषिक समुदाय कार्यसमिति र १८ मगरात भाषिक समुदाय कार्यसमिको निर्वाचन क्रमशः१२ मगरात प्रमुख एवं केन्द्रिय उपाध्यक्ष मिनु राना मगरको अध्यक्षता र १८ मगरात प्रमुख जितमान बुढा् मगरको सभापतित्व र संघका भूपू अध्यक्ष हरि बहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा आबुधाबीको हम्दाम कर्नेशपार्कमा गत १९ फेब्रुअरी शुक्रवार सम्पन्न भएको कार्यक्रममा निम्न अनुसार कार्यसमिति चयन भएको छ
१२ मगरात भाषिक समुदाय कार्यसमिति
१,प्रमुख अर्जुन गारङ्ग्जा मगर
२, उप-प्रमुख कुल बहादुर सारु मगर
३,कोषाध्यक्ष धन कुमारी थापा मगर
४,सचीव जङ्ग छन्तेल मगर
५,सद्स्य गुना राइका मगर
६,यशोदा थापा मगर
७,रामर मगर
८,दानविर मगर
९,सुनिल थापा मगर
१०,निर्मला मगर
११,नुन बहादुर थापा मगर
१२, सन्त बहादुर थापा मगर
१३, हेमा मगर
१८ मगरात भाषिक समुदाय कार्यसमिति
१,प्रमुख जितमान बुढामगर
२,उप-प्रमुख रिखिस्वर बुढा मगर
३,कोषाध्यक्ष दल बहादुर बुढा मगर
४,सचिव धनराज बुढामगर
५,सद्स्य दिप वुढा मगर
६, ,, ,, रविन घर्ती मगर
७, ,, ,, लाल बहादुर बुढा मगर
८, ,, ,, रिखिराम बुढामगर
९, ,, ,, गोविन्द पुन मगर
१०, ” ” दिपक पुन मगर
११, ” ” राजन बुढामगर
१२,ढि.वि. पुन मगर क
१३, हेम सरी मगर
भाषिक समुदाय कार्यसमितिमा निर्वाचित कार्यसमितिका पदाधिकारी एवं सद्स्यहरुलाई शुभकामना मन्तव्य दिदै भूपू अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि घर्ती मगरले महेन्द्र कालिन ५ विकास क्षेत्र जस्तो युएईको ७ स्टेट्को अवधारणाले युएईमा रहेका नेपाली मगरहरुको सामाजिक,आर्थिक एवं राजनैतिक विकास नहुने हुँदा, नेपाल मगर संघ युएईको विधान सम्शोशनगरी भाषिक समुदाय समिती बनाएर विधान सम्सोधन गरिएको जानकारी दिए ।
कार्यक्रमलाई क्रमशः १२ मगरातको अधिवेशनलाई सन्तोष मगर र १८ मगरातको कार्यक्रमलाई दिप बुढा मगरले सन्चालन गरेका थिए भने,क्रमशः आशा थापा मगर र धनराज बुढा मगरले स्वागत मन्तव्य राखेका थिए ।