पोखरा ,
अपिल घिमिरेद्वारा निर्देशित म्युजिक भिडियो ‘हातमा पूजाको थाली बोकी’ बजारमा आएको छ । पोखरेली कलाकार शिशिर थापामगर, अजित लामा, सन्जु गुरुङ र समिक्षा रानाले अभिनय गरेको म्युजिक भिडियो पोखराका विभिन्न रमणिय स्थलहरुमा छायाँङ्कन गरिएको छ ।
शिव परियारको स्वर तथा राधेश्याम निराशको शब्द रहेको उक्त म्युजिक भिडियोमा श्री पराजुलीले क्यामरामा साथ दिएका छन् । प्रेम कथामा आधारित सो भिडियोले सबै बर्गको मन जित्न सफल हुने सञ्चारकर्मि समेत रहेका कलाकार शिशिर थापामगरले बताए ।