दीपा आले / नेपालगन्ज

जहानिया राणा शासन विरुद्धमा नेपाली जनताको न्याय र अधिरकार प्राप्तिकालागि आफ्नो ज्यानको बलिदान दिन समेत पछि नपर्ने निडर र साहसिक व्यक्ति हुन् कप्तान लखन थापामगर ।
उनलाई नेपाल सरकारले २०७२ साल असोज ३ गतेनेपालको प्रथम शहिद घोषणा गरेको ऐतिहासिक दिन हो । १३९ वर्ष पछि पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइराला सरकारको पालामा उनलाई नेपालकैप्रथम शहिद भनेर विश्व मांझ चिनाउने ऐतिहासिक दस्तावेज बन्न सफल भएको छ
नेपाल सरकारले लखन थापामगरलाई प्रथम शहिद घोषणा गरेर राष्ट्रिय सम्मान दिएको छ भने अर्कोतिर मगर समुदायलाई मात्र नभएर आम नेपाली जनताको भावनालाई समेटेको छ । देशले नयां संविधान प्राप्त गर्दै गर्दा यता जनताकोलागि आफ्नो ज्यानको आहुति दिने महान सपुत लखन थापामगरले राष्ट्रिय सम्मान पाउनु हामी सबै नेपालीहरुको शिर उच्च हुनु हो । ढिलै भएपनि सरकारले जहानिया राणा शासन विरुद्धमा धावा बोल्ने विर लखन थापामगरलाई न्याय दिलाउन सफल भएको छ ।
यति बेला शहीद दिवसको सन्दर्भमा शहीद सप्ताहभरि देश र जनताकालागि आफ्नो ज्यान आहुति गर्ने विर शहिदहरुलाई सम्झने सप्ताहका रुपमा पनि लिने गरिन्छ । राज्यस्तरबाट वि.सं. २०५६ साल फागुन ११ गते अर्थात् लखन थापामगरले शहादत प्राप्त गरेको एक सय २३ वर्ष पछाडि नेपाल मगर संघ र अन्य संघसंस्थाको दबाबमा ‘शहीद’ घोषणा गरिएको थियो ।

उनका पुर्खाहरु सुगौली सन्धिपश्चात् अलमोडामा खडा गरिएको तेस्रो गोरखा पल्टनमा सेवारत हु“दै आएका थिए, जसमा अत्याधिक मगरहरु रहेको ब्रिगेडिएर जनरल सी.एन. वार्कलेले लेखेका छन् यसैक्रममा पारिवारिक सम्बन्धका कारण लखन थापामगर खलनउमा पुगेका थिए भन्ने एउटा तर्क छ भने अर्को उनका बुबा स्वंम भारतीय सेनाका पेन्सनर थिए र बसाई–सराई गरी लखनउ पुगेका थिए भन्ने पाईन्छ । अहिलेसम्म लेखिएका तथ्यहरुमा लखन थापामगर बीस वर्षको उमेरमा वि.संं. १९११ (१८५४ई) मा पुरानो गोरखा गणमा भर्ती भएका थिए भन्ने विषयमा सर्वसम्मत देखिन्छ । पुरानो गोरखा गण नेपाल एकीएकरणको समयमा पृथ्वीनारायण शाहद्वारा चार जातको चार पल्टन स्थापना गर्ने क्रममा गरिएको मगरहरुको पल्टनका रुपमा चिनिन्छ । लखन थापामगर आफ्नो कुशलताका कारण भर्ती भएको १४ वर्षमा नै उनी क्याप्टेन दर्जामा पदोन्नति पनि भएका थिए । १९५७ मा व्रिटिश भारतमा भएको सिपाही विद्रोहमा जंगबहादुर राणाको नेतृत्वमा पच्चीस नेपाली पल्टन लखनउमा गएको थियो र सोही क्रममा पुरानो गोरखा पल्टनस“गै लखन थापामगर पनि लखनउ गएका थिए भन्ने शाही नेपाली सेनाको रेकर्डमा रहेको डा. बुढामगरको किताबमा लेखिएको छ ।

वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापनापछि राणा शासनको उत्तराद्र्धमा मारिएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्दलाई मात्र नेपालकै शहीद घोषणा गरियो । तर लखन थापामगर जसले जहानिया“ शासनको जग बसाल्ने जंगबहादुरकै विरुद्ध विद्रोह गरे र आफू मारिए तर उनलाई भने शहिद घोषणा गरिएन । नेपालकै प्रथम शहीद लखन थापामगर हुन भनेर निरन्तर जनदवावपछि भने मात्र २०५६ मा मन्त्रिपरिषद्ले उनलाई शहीद घोषणा ग¥यो तर प्रथम शहीद भन्न भने कन्जुसाई गरेको अवस्थामा २०७२ साल असोज ३ गते नेपाल सरकारले उनलाई नेपालकै प्रथम शहिद भनेर घोषणा गरेको छ । उनलाई नेपालकै प्रथम शहिद भनेर सम्मान पाउन भने सजिलो थिएन । लामो समयको आन्दोलनले मात्र आज लखनलाई प्रथम सहिदको उपमा प्राप्त भएको हो ।
१३९ वर्ष पछि मात्र कसरी लखन थापामगरलाई प्रथम शहिद घोषणा गरियो भन्ने कुरा धेरैलाई जिज्ञासा हुनु सक्छ । विशेष गरी नेपाल मगर संघ, नेपाल मगर विद्यार्थी संघ र राष्ट्रीय मगर संघ, प्रथम शहिद लखन थापामगर स्मृति प्रष्ठिान लगायत विभिन्न जातीय संघसंस्थाको पहलमा लामो समय देखि लखन थापामगरलाई नेपालकै प्रथम शहिद घोषणा गर्नु पर्छ भने मुख्य ऐजेण्डाकै रुपमा लिएर आन्दोलनको मुद्धा उठाउदै आएको थियो । नेपालको राज्य सञ्चालन गर्ने क्रममा धेरै प्रधानमन्त्रीहरु आए ।
तर उनीहरुले आफूले राज्यको बागडोर समाल्दै गर्दा लखन थापामगरलाई नेपालकै प्रथम शहिद घोषणा गर्नुपर्छ भनेर सोच्न समेत सकेनन् । यदि सोचि हालेपनि आफूले सरकार चलाउदै गर्दा लखन थापामगरलाई प्रथम शहिद भनेर विश्वसामु चिलाउन सकेनन् । तर नेपालका महापुरुष निष्ठावान, ईमान्दार र जनताका मनमा बस्न पुग्ने ति महान नेता पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला हुन् जसले आज लखन थापामगरलाई विश्व सामु नेपालकै प्रथम शहिद भनेर चिनाउने अधिकार दिएको छ । देश र जनताकोलागि सेवामा सर्मित साधु एवं निष्ठावान महापुरुष नेता स्वर्गीय सुशील कोइराला हामी मांझ नभएपनि उनले प्रथम शहिद लखन थापामगरलाई न्याय दिलाएर गए । यो गुन आम नेपाली जनताले कहिल्यै भुल्नेछैनन् । विशेष गरी मगर समुदायले झनै उनलाई कहिल्यै बिर्सिनेछैनन् ।
नेपाल सरकारले लखन थापामगरलाई प्रथम सहित घोषणा गरेर सम्मान दिनु स्वागत योग्य छ । तर यतिले मात्र प्रथम शहिदको भूमिका र दायित्व पुरा हुंदैन । जहानिया राणा शासनको विरुद्धमा धावा बोल्दै नेपाली जनतालाई न्याय दिनकोलागि आफ्नो ज्यानलाई बलिदानी दिने नेपालकै प्रथम शहिदलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा सम्मान दिनकोलागि यति बेला सरकारको ध्यार्नाकषण हुन जरुरी छ । नेपाल मगर विद्यार्थी संघको मातृसंस्था नेपाल मगर संघ लगायत विभिन्न संघसंस्थाहरुले प्रथम शहिद लखन थापामगरको सवालका बारेमा माघ २९ गते नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा लेखिएको छ :
क)प्रथम शहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गरियोस् ।
ख) प्रथम शहिदले सहादत प्राप्त गरेको दिन फागुन २ गतेलाई सार्वजनिक विदा गरि सोही दिन शहिद दिवस मनाउने निर्णय गरियोस् ।
ग)प्रथम शहिदको परिवारलाई पूर्नस्थापना तथा सन्तान–दरसन्तानकालागि क्षर्तिपूर्तिको व्यवस्था मिलाइयोस् ।
घ) प्रथम शहिद लखन थापामगरको अध्यायन अनुसन्धानकालागि नेपाल सरकारबाट प्रथम शहिद कप्तान लखन स्मृति प्रतिष्ठान गठन गरियोस् ।
ङ) काठमाडौंको सहिदगेट र सहिद पार्कमा प्रथम शहिद कप्तान लखन थापामगरको शालिक प्रतिस्थापन गरियोस् ।
घ) प्रथम शहिद कप्तान लखन थापामगरको सहादत प्राप्त गरेको स्थान (गोर्खा जिल्लाको बुङ्कोट काहुले भंगार)मा प्रथम शहिद लखन थापामगर स्मृति पार्क तथा संग्रहालयको निर्माण गरियोस् । लगायतका सवालमा ज्ञापन पत्र बुझाएका छन् । सरकारले ज्ञापन पत्रलाई अध्ययन गरी कार्यान्वयन तिर लाग्न सके पक्कै पनि आम शहिदहरुले न्याय पाउने देखिन्छ ।
आज लखन थापामगर दिवस । देश र विदेशमा रहेका आम नेपालीहरुले प्रथम शहिद लखन थापामगरलाई स्मगरण गर्ने दिन । उनले देश र जनता प्रति गरेको योगदानरुपी ज्यानको आहुतिलाई सम्झने दिन । त्यसैले आजको दिन राष्ट्रले स्वर्गीय लखन थापामगरलाई राष्ट्रिय विभूतिले घोषणा गरीे सम्मान दिनु सक्नुपर्छ । आजको दिन उनको योगदान र रगतलाई आत्मासम्मान गरेर राष्ट्रिय रुपमै सार्वजनिक विदाको घोषणा गर्न सके सुनमा सुगन्ध हुनेथियो । जसले देश र जनताकोलागि बलिदानी दिन सक्छ त्यस्ता महान सपुतलाई सरकारले सम्मान दिन कदापि कन्जुसाई गर्नु हुंदैन ।
अर्को पक्ष लखन थापामगर भनेको आम नेपाली जनताको प्रथम शहिद हो । त्यसैले लखन थापामगर मगर समुदायको मात्र प्रथम शहिद हो भनेर भनिरहनु अतिउपयुक्त नहोला । यति बेला मगर समुदायराष्ट्रले गरेको सम्मान र अधिकारलाई कार्यान्वयन गर्दै सकरात्मक सोंचले अघि बढ्न जरुरी छ । हामीले लामो समयको अन्तराल पछि मात्र लखन थापामगरलाई प्रथम शहिद पाएका छौं । यसलाई राष्ट्रिय रुपमै सम्मान दिनु सक्नु आजको आवश्यकता हो । भने जनताले पनि बुझ्न जरुरी छ । हाम्रा पुर्खाहरुले हाम्रा लागि के के गरेनन् भनेर तर आज हामी विदेशी संस्कृतिमा रमाउंदै छौं । हामीलाई विदेशी संस्कृतिले छोएको फेबरुरी १४ मनाउन बढी उत्साह र उमंग हुन्छ तर फागुन २ गते हाम्रालागि आफ्नो ज्यानको आहुति दिने विर सपुत नेपालका प्रथम शहिद लखन थापामगर दिवसलाई वेवास्ता गर्दछौं ।
यसरी नै हामीले हाम्रा महान धरोहर पुर्खाहरुलाई विर्सिदै जान्छौं भने आउंदा दिनहरुमा हाम्रा भावि सन्ततीले के बुझ्लान् । बेलैमा विचार पुराउनु पर्ने समय आएको छ । आज नेपालको प्रथम शहिद लखन थापामगर जन्मिएको गोर्खा बुङ्कोट गाविसको वडां नं. ४ को काहुले भंगार लगायत देशविदेशमा भब्य कार्यक्रम हुंदैछ । देश र जनता प्रति क्रुर जहानिणा शासनको विरुद्ध धावा बोल्न नडराउने विर सपुत लखन थापामगर लगायत ज्ञातअज्ञात शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण ।