बुद्ध परियत्ती शिक्षाको(प्रारम्भिक तह कक्षा १)परिक्षा अब देखी लुम्बिनी बुद्ध विहार लन्डन बाट पनि दिन सकिने

Read Time:2 Minute, 4 Second

लन्डन ,

बुद्ध शिक्षाको प्रारम्भिक तहको परिक्षा लुम्बिनी बुद्ध विहार लन्डन बाट पनि सन्चालन हुने भएको छ । आगामी २५६० औ बुद्ध जयन्तिको अवसर पारी नेपाल बाट आउनु हुने टिलोक भन्टेको पर्यवेक्षणमा परिक्षा सन्चालन हुने जानकारी लुम्बिनी बुद्ध लन्डनका सचिव टिका दर्लामीले जानकारी दिएका छन । उक्त परिक्षा सुमना भन्टेको पर्यवेक्षणमा किङ्सबुरी बिहार लन्डनबाट पनि दिन सकिने जनाएका छन ।

बौद्ध परियत्ती शिक्षा ‘परियत्ती सद्धम्म पालकको प्रारम्भिक प्रथम बर्ष’ को ज्ञान बिना बुद्ध शिक्षाको बारे न्युनतम आधारभुत कुराहरुको पनि ज्ञान नहुने हुँदा यस् बारेका बारेमा जान्न अत्यन्तै जरुरी रहेको जनाउदै स्वोअध्यनबाटै पनि बौद्ध सम्बन्धी Basic knowledge प्राप्त गरी परिक्षा दिन सकिने जनाएका छन । परियत्ती शिक्षाको किताब चाँहीएमा लुम्बिनी बिहारमा सम्पर्क गर्न सकिने छ । परिक्षाको लागी प्रश्न पत्रहरु भने नेपालको बौद्ध परियत्ती शिक्षा परिषद देखी नै उपलब्ध गराईने र उत्तर पत्रहरु पनि नेपालको ने. बौ. प. द्धारा नै चेक गरी रिजल्ट प्रकाशित गरिने जनाएका छन ।

परिक्षा दिन ईच्छुकले लुम्बिनी बुद्ध विहार लन्डनमा संपर्क गरी शित सुरक्षित राख्न सकिने छ ।

परिक्षा हुने मिती र स्थान छिट्टै जानाकारी गराईने सचिव टिका दर्लामी मगरले राज्यसत्ता ड्ट कमलाई जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %