सुदूर पूर्वी प्रवासी नेपाली संघ (फियोना) हंगकंगको आयोजनामा मेरो सिनेमा पपुलर अवार्ड पाउन सफल उत्कृष्ट नेपाली कथानक चलचित्र दासढुंगा याउ मा तेइ कम्यूनिटी हलमा प्रर्दशन गरीएको थियो । समितिका सचिव भिम गुरुङले सम्वोधन गर्दै अध्यक्ष गणेश गुरुङलाई क्लिक गरी फिल्म शुरु गरीदिन अनुरोध गरेकाथिए ।फिल्म हेरिसकेपछि त्यसले अनेकन प्रश्न छाड्छन् । मनमा अनेकन प्रश्न जन्मन्छन् । फिल्मले सत्य घट्नालाई उदघाटित गर्न खोजेपनि लेखक र निर्देशकले तथ्यलाई झन बढी तोडमरोड र रहस्यमय बनाउन खोजेकाछन् । यस फिल्मको पात्रको के कस्तो भूमिका थियो भन्नु भन्दा पनि मदन भण्डारी र जिबराज आश्रितको मरण दुर्घटना थियो वा घटना घटाइएको थियो यो रहस्यको कुरा मै सिमित रहेको फिल्मले देखाएको छ ।
अनुसन्धानको क्रममा भएको कुराकानीले यो सुनियोजित घटना घटाइएको थियो भन्ने धेरै मान्छेको कथन छ । अमर लामाको बयान पनि कतिपय ठाउमा मेल खाएको छैन र पानीबाट पौडेर म बाँचेको भनेका छन तर गोजीमा भएको पैसा पानीले नभिजेको भनेर उसले पैसा तिरेको ठाँउको ब्यक्तिहरुले बयान दिएका छन । यो फिल्म हेर्दा लाग्छ जुन समयमा मदन भण्डारी प्रख्यात नेताको रुपमा उदय हुदै थिए यस्तो दुर्घटना भएकोथियो । त्यसैले यस घट्ना रहस्यमय रहेकोथियो । त्यो रहस्यलाई यो सिनेमाले पनि चिर्न सकेकोछैन । यसमा दुर्घटना पश्चात चालक अमर लामालाई जुन रुपमा भिलेनको रुपमा प्रस्तुत गरिएकोथियो, त्यसैलाई निरन्तरता दिन खोजेको देखिन्छ । तर लामा घट्नामा संलग्न रहेको नरहेको कुनै प्रमाण अझै सम्म प्राप्त भएकोछन । माथिको प्रसंगमा लामालाई भिलेन देखाउन गरिएको प्रपन्च प्रत्यक्ष महसुस गर्न सकिन्छ । यसरी हेर्दा यो सिनेमाले लामालाई बिना प्रमाण ठूलो आरोप लगाएकोछ । त्यस हिसाबले यो सिनेमाको सन्देश डरलाग्दोछ । प्रमाण बिनाको हल्लालाई प्रमाणिक बनाउन षड्यन्त्रको तानाबुना बुनिएकोछ । त्यसैले समग्रमा सिनेमाको सन्देश घातक छ ।
यस दुर्घटनालाई सुनियोजित र षड्यन्त्र भन्दै देश तताउने एमालेले विडम्वनाको कुरा एमालेकै नेतृत्वमा ९ महिना सरकार चलाउदा पनि यसबारेमा केहि बिशेष काम गर्न सकेन, चाहेन । त्यसपछि उसले थुप्रो पटक सरकार चलाएपनि त्यसबारे केहि काम गरेकोछैन । र, गर्न पनि चाहदैन । बाहिर बस्दा भने उसले यस बारेमा ठूलो रडाको मच्याउने गर्छ ।
एाओवादीले पनि यस घट्नालाई छानबीन गरेर सत्यतथ्य पत्ता लगाउने डिंग हाँक्यो तर त्यसले पनि सरकारमा पुगेपछि यस बारेमा सिन्को भाँचेन । यो चलचित्र पनि नेताहरुको यहि ब्यवहारको निरन्तरता हो भन्न सकिन्छ । नयाँपन खासै केहि छैन । बरु यो सिनेमाले घट्नालाई झन रहस्यमय बनाउन मद्दत पुरयाएको छ ।
भीम थापा मगर