अमर लामालाई हत्यारा बनाउन रचिएको प्रपन्च ‘दासढुंगा’

सुदूर पूर्वी प्रवासी नेपाली संघ (फियोना) हंगकंगको आयोजनामा  मेरो सिनेमा पपुलर अवार्ड पाउन सफल उत्कृष्ट नेपाली कथानक चलचित्र दासढुंगा याउ मा तेइ कम्यूनिटी हलमा प्रर्दशन गरीएको थियो । समितिका सचिव भिम गुरुङले सम्वोधन गर्दै अध्यक्ष गणेश गुरुङलाई क्लिक गरी फिल्म शुरु गरीदिन अनुरोध गरेकाथिए ।फिल्म हेरिसकेपछि त्यसले अनेकन प्रश्न छाड्छन् । मनमा अनेकन प्रश्न जन्मन्छन् । फिल्मले सत्य घट्नालाई उदघाटित गर्न खोजेपनि लेखक र निर्देशकले तथ्यलाई झन बढी तोडमरोड र रहस्यमय बनाउन खोजेकाछन् । यस फिल्मको पात्रको के कस्तो भूमिका थियो भन्नु भन्दा पनि मदन भण्डारी र जिबराज आश्रितको मरण दुर्घटना थियो वा घटना घटाइएको थियो यो रहस्यको कुरा मै सिमित रहेको फिल्मले देखाएको छ ।

अनुसन्धानको क्रममा भएको कुराकानीले यो सुनियोजित घटना घटाइएको थियो भन्ने धेरै मान्छेको कथन छ । अमर लामाको बयान पनि कतिपय ठाउमा मेल खाएको छैन र पानीबाट पौडेर म बाँचेको भनेका छन तर गोजीमा भएको पैसा पानीले नभिजेको भनेर उसले पैसा तिरेको ठाँउको ब्यक्तिहरुले बयान दिएका छन । यो फिल्म हेर्दा लाग्छ जुन समयमा मदन भण्डारी प्रख्यात नेताको रुपमा उदय हुदै थिए यस्तो दुर्घटना भएकोथियो । त्यसैले यस घट्ना रहस्यमय रहेकोथियो । त्यो रहस्यलाई यो सिनेमाले पनि चिर्न सकेकोछैन । यसमा दुर्घटना पश्चात चालक अमर लामालाई जुन रुपमा भिलेनको रुपमा प्रस्तुत गरिएकोथियो, त्यसैलाई निरन्तरता दिन खोजेको देखिन्छ । तर लामा घट्नामा संलग्न रहेको नरहेको कुनै प्रमाण अझै सम्म प्राप्त भएकोछन । माथिको प्रसंगमा लामालाई भिलेन देखाउन गरिएको प्रपन्च प्रत्यक्ष महसुस गर्न सकिन्छ । यसरी हेर्दा यो सिनेमाले लामालाई बिना प्रमाण ठूलो आरोप लगाएकोछ । त्यस हिसाबले यो सिनेमाको सन्देश डरलाग्दोछ । प्रमाण बिनाको हल्लालाई प्रमाणिक बनाउन षड्यन्त्रको तानाबुना बुनिएकोछ । त्यसैले समग्रमा सिनेमाको सन्देश घातक छ ।
यस दुर्घटनालाई सुनियोजित र षड्यन्त्र भन्दै देश तताउने एमालेले विडम्वनाको कुरा एमालेकै नेतृत्वमा ९ महिना सरकार चलाउदा पनि यसबारेमा केहि बिशेष काम गर्न सकेन, चाहेन । त्यसपछि उसले थुप्रो पटक सरकार चलाएपनि त्यसबारे केहि काम गरेकोछैन । र, गर्न पनि चाहदैन । बाहिर बस्दा भने उसले यस बारेमा ठूलो रडाको मच्याउने गर्छ ।
एाओवादीले पनि यस घट्नालाई छानबीन गरेर सत्यतथ्य पत्ता लगाउने डिंग हाँक्यो तर त्यसले पनि सरकारमा पुगेपछि यस बारेमा सिन्को भाँचेन । यो चलचित्र पनि नेताहरुको यहि ब्यवहारको निरन्तरता हो भन्न सकिन्छ । नयाँपन खासै केहि छैन । बरु यो सिनेमाले घट्नालाई झन रहस्यमय बनाउन मद्दत पुरयाएको छ  ।

भीम थापा मगर