जीवनको मूल्य कति ? बुद्धको यो जवाफले फेरिदिनसक्छ तपाईको पनि जीवनदृष्टि

Read Time:3 Minute, 35 Second

भनिन्छ, हाम्रो जीवन अमूल्य छ । यो केवल एकपटक मात्र पाइन्छ । तर पनि हामीहरु आफ्नो जीवनको मूल्य नबुझेर भौंतारिइरहेका हुन्छौं । अब तपाई नै भन्नुहोस् तपाईंको जीवनको मूल्य कति ? हामी किन आफ्नो महत्व नबुझेर सडक सडक भौंतारिइरहेका छौं ? गौतम बुद्धसँगको यो एउटा रोचक प्रसंगले तपाईंको जीवनदृष्टि पनि फेरिन सक्छ ।


बुद्दकालिन समयमा एकजना मान्छेले बुद्धलाई सोधे, ‘जीवनको मूल्य कति हो ?’ बुद्धले ती मानिसलाई एउटा चम्किलो ढुंगा दिएर भने, ‘बजारमा जाउ र यो ढुंगाको मूल्य पत्ता लगाएर आउ तर यो ढुंगालाई तिमीले बेच्न पाउने छैनौ ।’ ती मानिस ढुंगा बोकेर बजारमा गए र एक सुन्तला व्यापारीलाई सोधे, ‘यसको मूल्य कति हो ?’ सुन्तलावालाले चम्किलो ढुंगा बोक्यो र भन्यो, ‘१२ सुन्तला लिउ र यो ढुंगा मलाई देऊ ।’ ती मानिस एक सागसब्जी बेच्ने व्यापारी भएको ठाउँमा गए र सोही प्रश्न दोहोर्याए । ती सब्जी व्यापारीले भने, ‘एक बोरा आलू लिउ र यो ढुंगा मलाई देऊ ।’ ऊ सुन पसलेकोमा गयो र त्यही प्रश्न सोध्यो । सुन व्यापारीले भने, ‘५० लाख दिन्छु, यो ढुंगा मलाई बेच ।’ उसले हुँदैन भन्यो । तत्काल व्यापारीले भन्यो, ‘त्यसो भए २ करोडमा देउ अथवा यसको मूल्य कति हो भन ।’ उसले सुनारलाई आफूलाई गुरुले यो ढुंगा बेच्ने अनुमति नदिएको सुनायो । त्यो मानिस ढुंगाको मूल्य पत्ता लगाउन एक हिरा व्यापारीको पसलमा गयो र पत्थर देखायो । हिरा व्यापारीले उक्त मानिसको अमूल्य रुबी हेर्दै त्यसलाई रातो कपडामा बिछ्याएर परिक्रमा गर्दै ढोग्यो । हिरा व्यापारीले भने, ‘कहाँबाट ल्यायौ यो अमूल्य रुबी ? सारा संसार बेच्दा पनि यसको मूल्य आउँदैन । यो अमूल्य छ ।’ ती मानिस हैरान भएर सिधै बुद्धकोमा फर्किए । सबै वृत्तान्त बताएर पुनः सोधे, ‘अब भन्नुहोस् भगवान, मानवीय जीवनको मूल्य के हो ?’ तब बुद्धले जवाफ दिए– सुन्तला व्यापारीलाई देखायौ भने यसको मूल्य १२ वटा सुन्तला बतायो । सब्जीवालाले यसको मूल्य १ बोरा आलू लगाए । सुनारले २ करोड तोके भने हिरा व्यापारीले अमूल्य भने । मानवीय मूल्यको कुरा पनि यस्तै हो । यसर्थ, बुझ्न सक्यौं भने, हामी सबैको जीवन अमूल्य छ, तर अरुले आफ्नो औकात अनुसार हाम्रो जीवनको मूल्य तोक्छन् । तर कुनै दिन तपाईंको मूल्य बुझ्ने मानिस पनि भेटिनेछ, यसकारण जीवनमा सधैं आशावादी हुनुपर्छ र आफ्नो जीवनप्रति सकरात्मक हुनुपर्छ ।
साझा पोस्ट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %