कृष्ण सारू मगर
मानमा-बहराईन,
पर्वत सेवा समाजको अगुवाईमा संकलन भएको सह्योग रकम “बिडी-३५४”-लाई विभिन्न संघ,संस्थाका प्रतिनिधि स्थानिय पत्रकार साथै समाजसेवी भद्रभलाद्मी हरूको माझ बहराईनको राजधानी मनामा स्थित ताज नेपाली रेष्टुरेन्टको सभाकक्षमा एक कार्यक्रम गरी समाजले सार्वजनिक गरेको छ ।
स्थाई घर खानीगाउ-६ धाईरिङ्गका पूर्व सचिव गमानसिँ थापा मगरले समाज स्थापनाकाल देखी तन, मन, वचन र कर्मले आफुलाई समाजसेवामा समर्पण गरेका उनलाई हाल भरतपुरको बि.पी. मेमोरियल क्यान्सर अस्पतालमा उपचारत नेरू- १०११११/-(अक्षरुपि) एक लाख एक हजार एक सय एघार) लाई आईएमई बैँकको कुनै शाखा बाट प्राप्त हुने गरी पर्वत सेवा समाजले उनको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै आर्थिक सहयोग पठाएको हो ।
बहराईनको सलमानिया अस्पतालमा Hematology & Oncology Consultant संवन्धि Dr.Abdulla A/Ajmal र Dr.Normina Mangutara ले ०६-१०-२०१५ चेकजाँच रिपोर्टले जनाए अनुसार नाक र कानको बिच भागमा रहने पाईप नलीको क्यानसर भएको र त्यसको उपचार केमोठेरापी बिधी अन्तर्गत तुरुन्तै गर्नु पर्ने हुँदा पिडित मगरलाई जीवन रक्षाका लागि सह्योग जुताउने कार्य थालनी गरिएको छ ।
पहिलो चरणमा सह्योग जुटाउन प्रतक्ष वा अप्रतक्ष मद्धत गर्नुहुने विभिन्न संघ-संस्था संगठन एवं समाजसेवी महानुभावहरुलाई पर्वत सेवा समाज परिवारले सबैलाई स-धन्यवाद दिँदै संकलन हुन बाकी रहेको अन्य विभिन्न संघ-संस्थाहरुको रकमलाई दोस्रो चरणमा पठाईने समाजका महासचिव तिलक सापकोटाले राज्यसत्ता डटकमलाई बताए ।